प्रदेशसभामा वाम गठबन्धनका अधिकारी विजयी
परासी : पश्चिम नवलपरासी क्षेत्र नम्बर १ प्रदेशसभा क मा वाम गठबन्धनका दीपेन्द्र अधिकारी विजयी भएका छन्। अधिकारीले नेपाली कांग्रेसका विक्रम खनाललाई २ हजार ४ मत अन्तरले पराजित गरे।
अधिकारीले २० हजार ५ सय ६ मत ल्याएका छन् भने खनालले १८ हजार ५ सय २ मत ल्याएका छन्। ४५ हजार ९ सय ५६ मतदाता रहेको यस प्रदेशसभामा ४१ हजार ६ सय ६६ मत खसेको थियो।