सांसदमा हार्दै आएका न्यौपाने सप्तरीबाट प्रदेशसभामा जिते
सप्तरी : प्रतिनिधिसभाको निर्वाचनमा पटक-पटक निकटतम प्रतिद्वन्द्वी रहदै आएका एमाले सप्तरीका अध्यक्ष गोबिन्दबहादुर न्यौपाने प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
आइतबार बिहान ११ बजे घोषित परिणामअनुसार सप्तरीको प्रदेश सभा ४ (१) बाट सुरुङ्गा नगरपालिका ३ निवासी ६६ वर्षीय न्यौपाने भारी मतान्तरले विजयी भएका हुन्।
गत संविधानसभाको निर्वाचनमा बर्तमान खेलकुद राज्य मन्त्री तेजुलाल चौधरीसँग न्यौपाने २८६ मतअन्तरले पराजित भएका थिए। त्यसअघि २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभाको निर्वाचनमा सहभागी न्यौपानेले कडा टक्कर दिदै आएपनि सफलता प्राप्त गर्न सकेका थिएनन्।
न्यौपाने १५ हजार एक सय १३ मत ल्याएर प्रदेश सभामा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिताराम शाहले ११ हजार तीन सय ९५ मत ल्याए। फोरमका बिनोदकुमार चौधरी तीन हजार आठ सय २७ मतमा सीमित भए।
देशभरी नै वाम गठबन्धनको लहर चले पनि सप्तरीमा वामगठबन्धनले बेहोर्नु परेको पराजयमा अध्यक्ष यादवको जितले थोरै राहत मिलेको कार्यकर्ताहरु बताउँछन्।