विश्वप्रकाश शर्माबाट सिक्नुपर्ने राजनीतिक संस्कार (भिडियो)

विश्वप्रकाश शर्माबाट सिक्नुपर्ने राजनीतिक संस्कार (भिडियो)

झापा : झापामा आइतबार एउटा अनौठो दृश्य देखियो। दृश्यका नायक थिए कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा। झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार राम (सुरेन्द्रकुरमार) कार्की सँग २८ सय ६३ मतले पराजित भएपछि उनले गरेको व्यवहारले उनी राजनीतिक संस्कारका निम्ति नायक बनेका हुन्। कार्की विजयी घोषणा भएलगत्तै विश्वप्रकाशले पहिलो माला लगाउँदै बधाई दिए।

कार्की विजयी भएपछि शर्माले बधाई मात्र दिएनन्। कार्कीलाई प्रतिद्वन्द्वी भन्दा पनि अनन्य मित्रलाई गर्ने व्यवहार गरे। कार्कीले समेत शर्माजस्ता नेतालाई प्रतिद्वन्द्वी पाउँदा आफू खुशी भएको बताए। झापा १ मा वाम गठबन्धनका उम्मेदवार कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गरेर विजयी हुँदा शर्मा ३३ हजार ३ सय १० मत प्राप्त गरेर पराजित भएका हुन्।

‘विश्वप्रकाश यस्तो करेन्ट आउँदाखेरी पनि त्यसको विरुद्ध जसरी अन्तिमसम्म उभिनुभयो यो ठूलो कुरा हो। निरन्तर हाम्रो मतअन्तर कम मात्र भयो। यदि विश्वप्रकाशको ठाउँमा अरु कुनै उम्मेदवार भएको भए यो मत अन्तर धेरै ठूलो हुन्थ्यो’, कार्कीले विजयी भएपछि विश्वप्रकाशको प्रशंसा गर्दै भने, ‘सायद राम कार्की नआएको भए त्यो करेन्टलाई विश्वप्रकाशले रोकिदिनुहुन्थ्यो।’ कार्कीले आफू विजयी भएर विश्वप्रकाश पराजित भए पनि दाजुभाइको सम्बन्धन सदैव रहने बताए। ‘जे होस् हामी दाजुभाइको प्रेम सदा झै रहने छ’, कार्कीले भने।

जनताले विश्वास गरेको भन्दै शर्माले थोरै मत अन्तरले उपविजेता हुँदा पनि आफू उत्साहित भएको बताए । यसलाई धेरैले माया गरेको कुराको रुपमा ग्रहण गर्ने उनको भनाइ छ । अघिल्लो चुनावसँग तुलना गर्दै शर्माले भने, ‘ अघिल्लो पटक मैले मत जित्न सकेको थिइन र मन पनि जित्न सकेको थिइन । यसपटक मत जित्न सकिन तर मन जित्न सके । यसमै म खुशी छु ।’

कार्कीसंग पराजित भएपछि कांग्रेसका शर्माले कांग्रेसलाई सुधार गर्नुको विकल्प नभएको बताए। आफ्नो निर्वाचन क्षेत्रमा विजयी वाम गठबन्धनका कार्कीलाई माला रखादा लगाएर अंकमाल गर्दै बधाई दिएका शर्माले जनताले राम कार्कीलाई विजयी गराएर आफूलाई जनताले पार्टी सुधार गर्ने म्यानडेट दिएको बताएका हुन्।

शर्माले भने, ‘विश्वप्रकाश संसदमा पुगोस् भन्ने अन्य क्षेत्रका सर्वसाधारणको चाहना थियो। तर मेरा मतदाताले कांग्रेसलाई सुधार गरेर लैजान म्यानडेट दिए।’ उनले आफू पराजित भएको नभएर उपविजेता भएको बताए। भिडियो एपीवान टेलिभिजन 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.