डोटी ख को मतगणना स्थगित

डोटी ख को मतगणना स्थगित

डोटी : क्षेत्र नम्बर १ ख को मतगणना स्थगित भएको छ। प्रदेशसभा निर्वाचन क्षेत्र ख को मतगणना जारी भइरहेका बेला कांगेसका मतपत्रको पोकामा ५० वटा मत बढी भेटिएकाले तत्काललाई मतगणना स्थगित भएको हो।

पहिले नै गनेर राखिएको एक सय मतपत्रको पोकामा शंका लागि कांग्रेसका प्रतिनिधिले फेरि गणना गर्न भनेपछि फेरी गणना गर्दा ५० मत बढी फेला परेका हुन्। गणना भइसकेका अरु पोकाहरु पनि गणना गर्न माग राख्दै कांग्रेसले गणना कार्य स्थगित गर्न लगाएको छ।

सोही विषयलाई लिएर अहिले बैठक बसिरहेको छ। बैठकबाट समस्याको समाधान निकाली मतगणना कार्य जारी हुने मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन्। १२ बजेदेखि मतगणना कार्य स्थगित भएको हो।

अहिलेसम्मको मत परिणामअनुसार प्रदेशसभाको निर्वाचन क्षेत्र ख मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटव्युरो सदस्य त्रिलोचन भट्टले अग्रता लिएका छन्। उनले १२ हजार नौ सय ४४ मत ल्याएका छन् भने नेपाली कांगेसका योगेन्द्रबहादुर शाहीले १० हजार सात सय ४८ मत ल्याएर पछ्याइरहेका छन्।

त्यसैगरी प्रदेशसभाको निर्वाचन क्षेत्र क मा नेपाली कांग्रे्रसका भरतबहादुर खडलेले अग्रता लिएका छन्। उनले १६ हजार आठ सय ८८ मत ल्याएका छन् भने वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले १६ हजार दुई सय ३५ मत ल्याएर पछ्याइरहेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र क को भने मत गणना जारी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.