डोटीमा वीरबहादुर बलायर र प्रेमबहादुर अालेबीच कडा प्रतिस्पर्धा
डोटी :प्रतिनिधिसभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसका तर्फबाट नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगरबीच कडा प्रतिस्पर्धा भइरहेको छ। एक हजार ५२ मतले गठबन्धनका आलेमगर अगाडि छन् भने उनलाई बलायरले पछ्याइरहेका छन्।
अहिलेसम्म कांग्रेसका बलायरले २१ हजार ९ सय ७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका आलेमगरले २२ हजार ९ सय ५९ मत ल्याएका छन्। सुरुदेखि नै आलेमगरले अग्रता लिएको भएपनि मतअन्तर भने बढाउन सकिरहेका छैनन्। डोटीमा एउटा मात्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको छ। प्रतिनिधिसभामा अहिलेसम्म ४६ हजार १ सय ९ मत गणना भइसकेको छ।
डोटीमा जम्मा एक लाख छ हजार पाँच सय ४३ मतदाता संख्या रहेका छन् भने जम्मा ६९ हजार तीन सय ६० मत खसेको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचनको मत गणना हुँदैछ।