केपी ओली करिब २८ हजार बढी मतले विजयी

केपी ओली करिब २८ हजार बढी मतले विजयी

झापा : एमाले अध्यक्ष केपी शर्मा ओली करिब २८ हजार बढी मतले विजयी भएका छन्। झापा क्षेत्र नम्बर ५ मा ओलीले खगेन्द्र अधिकारीलाई २७ हजार ८ सय ४२ मत अन्तरले हराउँदै विजयी भएका हुन्।

भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार ५७ हजार १ सय ३९ मतसहित ओली ओली विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी अधिकारीले २८ हजार २ सय ९७ मत पाएका छन्।

१ लाख ३७ हजार ५१४ मतदाता रहेको झापा ५ मा ९३ हजार ४८ मत खसेको थियो ।

को हुन् केपी ओली ?

ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो। ओलीले औपचारिक शिक्षा एसएलसीसम्म पढेका छन्। ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट औपचारिक पढाइ सुरु गरेका थिए। उनको परिवार २०२२ सालमा बसाईं सरेर झापा झरेको हो। डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यकाल कष्टपूर्ण बित्यो। २०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर भूमिगत भएका थिए। कम्युनिस्ट पार्टीको सदस्यता लिएकै वर्ष ओली पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएको नाममा पक्राउ परे। उनले निरन्तर १४ वर्ष जेल जीवन बिताए। 

नेता ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए। २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए। सोही क्षेत्रबाट ओलीले २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी हासिल गरे। त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे। लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। ओली एमाले अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.