वामदेव गौतम र सञ्जयकुमार गौतमबीच कडा प्रतिस्पर्धा

वामदेव गौतम र सञ्जयकुमार गौतमबीच कडा प्रतिस्पर्धा

बर्दिया : बर्दिया प्रतिनिधिसभा सदस्य क्षेत्र नम्वर १ मा वामगठवन्धनका उम्मेदवार एमाले उपाध्यक्ष वामदेव गौतम र सिँचाई मन्त्री एवम् नेपाली कांग्रेस बर्दिया सभापति सञ्जयकुमार गौतमबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार सञ्जयकुमार गौतमले ४२ हजार ८१५ मत प्राप्त गरेका छन् भने वामदेव गौतमले ४१ हजार १६५ मत प्राप्त गरेका छन्। दुई गौतमबीच १ हजार ६५० मतान्तर छ। लामोसमयदेखि वामदेवले सञ्जयलाई पछ्याई रहेका छन्।

मतगणना कार्य अन्तिम अवस्थामा पुगेको जनाइएको छ। बार्‍हबर्दिया नगरपालिकाको १० र ११ गरी दुईवटा वडाको मतगणना गर्न बाँकी रहेको बताइएको छ।

बर्दिया प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ र प्रदेशसभामा वामगठवन्धले विजय हासिल गरेको छ। बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा वामगठवन्धनबाट माओवादी केन्द्रका सन्तकुमार थारुले ५० हजार ५५५ मत ल्याई विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भूमिसुधार मन्त्री गोपाल दहितले ३६ हजार ७३५ मत प्राप्त गरेका छन्।

बर्दिया २ अर्न्तगत प्रदेससभा क्षेत्र नम्बर १ मा वामगठवन्धनबाट एमालेका कुलप्रसाद पोखरेल २८ हजार ३२३ मत प्राप्त गरी विजय भएका छन्। लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसकाका रामचन्द्र थापाले १७ हजार ४०२ मत प्राप्त गरे।

त्यस्तै प्रदेससभा क्षेत्र नम्बर २ मा वामगठबन्धनबाट माओवादी केन्द्रका दिपेश थारुले २३ हजार ६३२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नाचुराम चौधरीले १७ हजार ९१२ मत प्राप्त गरेका छन्।



 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.