सर्लाही २ (ख)बाट अशोककुमार यादव

सर्लाही २ (ख)बाट अशोककुमार यादव

मलंगवा : सर्लाहीको क्षेत्र नम्बर २ को ख बाट राजपा फोरम गठबन्धनका अशोककुमार यादव विजयी भएका छन्। अशोकले नेपाली कांग्रेसका नागेन्द प्रसाद यादवलाई ४ हजार ७ सय ६२ मतले पछि पार्दै विजयी हाँसिल गरेका छन्। अशोकले १५ हजार ७ सय ७७ मत प्राप्त गरी विजयी भएका छन्। त्यसैगरी नागेन्द्रले ११ हजार १५ मत ल्याएका छन्। अशोकको जीत सर्लाहीको चुनावका लागि पहिलो नतिजा हो।

आन्दोलनकारी नेताको रुपमा पहिचान बनाएका अशोक सर्लाहीका लागि चर्चित नेता हुन्। २०६२/०६३ को आन्दोलनबाट राजनीतिक सुरु गरेका यादव २०६४ सालको चुनावमा फोरमबाट पहिलो संविधानसभाको निर्वाचनमा पराजित भएका थिए। २०७० सालको चुनावमा पनि फोरमबाटै चुनाव लडेका यादव पराजित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.