सर्लाहीको क्षेत्र नं. २ को प्रदेशसभा ‘ख' बाट फोरम विजयी
मलंगवाः सर्लाहीको क्षेत्र नं. २ को ‘ख' बाट राजपा–फोरम गठबन्धनका अशोक कुमार यादव विजयी भएका छन्।
उनले नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र प्रसाद यादवलाई ४ हजार ७ सय ६२ मतले पछि पार्दै विजयी हासिल गरेका छन्। उनले १५ हजार ७ सय ७७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नागेन्द्रले ११ हजार १५ मत ल्याएका छन्।
मधेश आन्दोलनमा निकै चर्चित नेता हुन् अशोक यादव। यादव २०६४ र २०७० सालको संविधानसभा चुनावमा उनी पराजीत भएका थिए।