माओवादी केन्द्रका चक्रपाणी खनाल विजयी
तौलिहवा : कपिलवस्तु प्रतिनिधिसभा १ मा नेकपा माओवादी केन्द्रका चक्रपाणी खनाल ‘बलदेव’ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायलाई ९ सय ३४ मतान्तरले पराजित गरेका हुन। खनालले २९ हजार ७ सय ९३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी उपाध्यायले २८ हजार ८ सय ४७ मत प्राप्त गरे।
पूर्व प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरेका खनाल र पूर्व भारतका लागि नेपाली राजदुत भएर काम गरेका उपाध्यायबीच यहाँ कडा चुनावी प्रतिस्पर्धा रहेको थियो। दुवै नेता जिल्लाबाट केन्द्रीय राजनीतिमा पहुँच राख्ने नेता हुन्। यद्यपि दोस्रो संविधानसभा निर्वाचनमा खनाल र उपाध्याय एमालेका जिल्ला स्तरीय नेता बलराम अधिकारी सँग क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।
३ प्रतिनिधिसभा रहेको कपिलवस्तुमा प्रतिनिधिसभा २ मा एमालेबाट वृजेशकुमार गुप्ता र प्रतिनिधिसभा ३ बाट कांग्रेसका अभिषेकप्रताप शाह विजयी भइसकेका छन्।