प्रत्यक्षमा सबै सिट गुमाएको कांग्रेस समानुपातिकमा भने पहिलो
बझाङः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लाका तीन वटै सिट गुमाएको नेपाली कांग्रेस समानुपातिकतर्फ भने पहिलो पार्टी बनेको छ।
समानुपातिकतर्फ प्रतिनिधि सभामा कांग्रेसले २४ हजार ८ सय ७९ मत पाएको छ भने नेकपा एमाले २४ हजार ४ सय ८७ मत पाएर दोस्रो स्थानमा रहको छ। नेकपा माओवादी केन्द्रले ८ हजार ६ सय ५३ मत पाएको छ।
यस्तै प्रदेशसभाको समानुपातिक तर्फ पनि कांग्रेस नै पहिलो पार्टी बनेको छ। कांग्रेसको २२ हजार ९ सय ६४ मत रहेको छ भने एमालेको २० हजार ८ सय ६ रहेको छ। माओवादी केन्द्रले १० हजार ५ सय ७६ मत पाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ध्रुव भण्डारीले जानकारी दिए।
उनका अनुसार प्रतिनिधिसभामा ५ प्रतिशत मत बदर भएको छ भने प्रदेशसभा १ मा २ प्रतिशत र प्रदेश सभा २ मा ०.८ प्रतिशत मत बदर भएको छ।