काभ्रेमा रत्‍न ढकालले वाम गठबन्धनको खाता खोले

काभ्रेमा रत्‍न ढकालले वाम गठबन्धनको खाता खोले

बनेपा : काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार रत्न ढकाल विजयी भएका छन्। वाम गठवन्धनका साझा उम्मेदर ढकाल २५ हजार १ सय ६ मत ल्याएर विजय भएका हुन्।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र तामाङले १७ हजार ८ सय ५५ मत पाएका छन्। ढकाल ७ हजार २ सय ५१ मत बढी ल्याएर विजयी भएका हुन्।

ढकालको राजनीतिक यात्रा
विद्यार्थी आन्दोलनमा निरन्तर रुपमा सक्रिय ढकालले २०७२ सालदेखि २०७३ सम्म अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएर काम गरे। २०५५ सालमा माओवादीको पार्टी सदस्यता प्राप्त गर्दै मुल पार्टीको राजनीति थालेका ढकाल २०५७ सालदेखि ०५९ सालसम्म इलाका समिति सदस्य बनेका थिए। ०५९ सालदेखि ०६५ सम्म जिल्ला समिति सदस्य हुँदै सचिवालय सदस्य बनेका ढकाल ०६५ बाट २०७१ सम्म राज्य समिति सदस्य बने। ढकाल २०७३ सालदेखि माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन्।

२०५० सालबाट अनेरास्ववियु (क्रान्तिकारी) मा संगठित भएका ढकालले २०५३ देखि २०५४ सम्म जागृति निम्न माध्यमिक विद्यालयको इकाई समिति अध्यक्ष भएर काम गरे।

०६३ देखि ०६५ सम्म अखिल क्रान्तिकारी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारीमा रहेका ढकालल २०६५ देखि २०६९ सम्म अखिल क्रान्तिकारी केन्द्रिय समितिको सचिवलय सदस्यको भूमिकामा थिए।

२०६९ बाट २०७० सम्म अखिल क्रान्तिकारीको केन्द्रीय समिति सचिवको जिम्मेवारी कुशलतापूर्वक निभाउन सफल ढकाल २०७० सालदेखि २०७२ सालसम्म केन्द्रीय समितिको महासचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.