सर्लाही क्षेत्र ४ प्रदेशसभा (क)मा कांग्रेस विजयी
सर्लाही : सर्लाही क्षेत्र नम्बर ४ प्रदेशसभा (क) मा नेपाली कांग्रेस विजयी भएको छ। निर्वाचन कार्यालयले दिएको पछिल्लो मत परिणाम अनुसार कांग्रेसका वीरेन्द्रप्रसाद सिंह १४ हजार २ सय २१ मत ल्याएर विजयी भएका हुन्।
उनका टिकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका फकिरा महतो १० हजार ७ सय ५३ मत ल्याएर पराजित भएका छन्। महतो माओवादी केन्द्रका उम्मेदवार हुन्।