डोटी क्षेत्र १ प्रदेशभा (क)मा कांग्रेस विजयी

डोटी क्षेत्र १ प्रदेशभा (क)मा कांग्रेस विजयी

डोटी : डोटी क्षेत्र नम्बर १ प्रदेशसभा (क)को मतगणाना सकिएको छ । प्रदेशसभा (क) को अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका हुन्।

वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्ललाई ६१४ मतअन्तरले पराजित गरेका हुन् । कडा प्रतिस्पर्धा भएको निर्वाचनमा कांग्रेसका खड्काले जम्मा १७ हजार ४०६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार मल्लले १६ हजार ७ सय ९२ मतप्राप्त गरेका छन् ।

०३९ सालदेखि विभिन्न पदमा रही स्थानीय तहको अनुभव बटुलेका ६० बर्षीय खड्का २०७० सालको संविधान सभाको निर्वाचनमा नेपाली कांंग्रेसबाट समानुपातिक कोटामा सभासद् भएका थिए । पूर्वीचौकी गाउँपालिकाका खिरसैनका स्थानीय खड्कासँग गाविस अध्यक्षदेखिको अनुभव छ । खड्का ०३९ सालमा खिरसैन गाविसको अध्यक्ष, ०४४ सालमा जिल्ला पञ्चायत सभापति, ०४९ सालमा जिल्ला विकास समितिमा उप सभापति भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.