नुवाकोटका सबै क्षेत्रमा वाम, महत र केसी परिवारको विरासतमा धक्का

नुवाकोटका सबै क्षेत्रमा वाम, महत र केसी परिवारको विरासतमा धक्का

नुवाकोट : संविधानसभाबाट संविधान निर्माणपछि पहिलो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नुवाकोटबाट नेपाली कांग्रेसका दुई पुराना र प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुननरसिंह केसी पराजित भएका छन्। केसीका भाई र डा. महतका भतिजसमेत प्रदेशसभामा पराजित भएका छन् ।

नुवाकोटमा पहिलो पटक सबै क्षेत्रमा कम्युनिस्टले कब्जा जमाएको छ । नुवाकोट क्षेत्र नं. १ मा माओवादी केन्द्रका नेता तथा पूर्व युवा तथा खेलकूदमन्त्री हितबहादुर तामाङ ३६४७३ मत प्राप्त गरी विजयी भएका छन् । उनले कांग्रेस नेता डा.रामशरण महतलाई ८५५३ मतान्तरले पराजित गरेका हुन्।

नुवाकोट क्षेत्र नं. १ मा ६९६९८ मत खसेकोमा सदर ६६०२८ मत गणना हुँदा तामाङका निकटतम प्रतिद्वन्दी पूर्वअर्थमन्त्री डा. महतले २७९२० मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए । गत २०५१ सालको मध्यावधि निर्वाचनदेखि लगातार सबै चुनाव जित्दै आएका डा.महतको विजय यात्रालाई हितबहादुरले रोकिदिएका हुन् ।

यसअघि पहिलो संविधानसभा २०६४ र दोश्रो संविधान सभा २०७० मा महतसँग हितबहादुर तामाङ पराजित भएका थिए । तेस्रो पटकमा तामाङले डा. महतको विजय यात्रा रोक्दै आफूलाई ह्याट्रिक पराजय हुनबाट जोगाएका छन् । रामशरण महत २०४८ सालको आम निर्वाचनमा नुवाकोट क्षेत्र नं. १ मा राप्रपाका डा. प्रकाशचन्द्र लोहनीसँग पराजित भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा क्षेत्र परिवर्तन गरेर उम्मेदवार वनेका डा. रामशरण महत त्यसपछि लगातार नुवाकोट क्षेत्र नं. २ को नेतृत्व गर्दै पटक÷पटक अर्थमन्त्री भइसकेका छन् । डा. महतले २०५१, २०५६, २०६४ र २०७० को निर्वाचन क्षेत्र नं. २ बाटै जितेका हुन् । डा. महत नेपाली कांग्रेसका आर्थिक नीतिका योजनाकारसमेत हुन् ।

सदरमुकाम विदुरसहित रहेको क्षेत्र नं. २ मा एमाले नुवाकोटका अध्यक्षससमेत रहेका नारायणप्रसाद खतिवडाले कांग्रेसका हस्ती अजुर्ननरसिंह केसीलाई १०५५७ मतान्तरले पराजित गरे। सदर मत ६५०५७ मध्ये खतिवडाले ३६८९२ मत पाए भने उनका निकटतम् प्रतिद्वन्दी केसीले २६३३८ मत पाए । विजयी खतिवडा २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. ३ मा निकटतम प्रतिद्वन्दी थिए।

क्षेत्र नं. २ मा पराजित अर्जुननरसिंह केसीे २०४८ सालको आम निर्वाचनमा नुवाकोट क्षेत्र नं. ३ बाट विजयी भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा पनि सोही क्षेत्रबाट एमालेका महेन्द्रबहादुर पाण्डेलाई दोश्रो पटक पराजित गरेका थिए ।२०५६ सालको आम निर्वाचनमा एमालेका महेन्द्रबहादुर पाण्डेसँग केसी पहिलो पटक हारेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र परिवर्तन गरेर क्षेत्र नं. १ मा उठेका केसी माओवादी केन्द्रकी विमला सुवेदीसँग पराजित भएका थिए ।


२०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा उनै विमला सुवेदीलाई पारजत गरी जित हात पारेका थिए । केसी लामो समय पार्टी प्रवक्ता बने, बहुदल आएपछि उनी २०५२ सालमा स्वास्थ्य तथा आवास र २०५५ सालमा शिक्षामन्त्री भए । कांग्रेस नेता केसी पुष्पकमल दाहालको दोश्रो सरकारमा २०७३ साल साउनदेखि नौ महिनासम्म शहरी विकासमन्त्री भएका थिए ।

परिवार पनि पराजित

नुवाकोटमा महत र केसी परिवारको लामो समयदेखिको प्रभाव यसपटक वामपन्थी गठबन्धनले ध्वस्त बनाइदिएको छ । निर्वाचनमा प्रदेशसभामा पनि डा. महतका भतिज रमेशकुमार महत नुवाकोट १ को (क) र केसीका भाइ जगदीश्वरनरसिंह केसी नुवाकोट २ को (क)बाट पराजित भएका छन् ।

नुवाकोट-१ को प्रदेशसभा क मा माओवादी केन्द्रकी नेतृ तथा पुर्व कृषि राज्यमन्त्री राधिका तामाङ १८ हजार १ सय ३७ मत प्राप्त गरी बिजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जिल्ला कोषाध्यक्ष महेन्द्र थिङले १३ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा एमालेका जिल्ला उपाध्यक्ष बद्री मैनाली २० हजार ५ सय ९ मत प्राप्त गरी बिजयी भएका छन् । उनले कांग्रेसका महासमिति सदस्य रमेशकुमार महतलाई ८ हजारको मतान्तरमा पराजित गरेका हुन् । महतले १२ हजार २ सय १७ मत प्राप्त गरे । रमेशकुमार कांग्रेस नेताद्वय डा. रामशरण र उनका भाई डा. प्रकाशशरण महतका भतिजा हुन् ।

यता, नुवाकोट-२ को प्रदेशसभा (क) बाट एमालेका विदेश विभाग सदस्य केशवराज पाण्डे २० हजार ९ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीले १२ हजार ७ सय २९ मत प्राप्त गरेका हुन् । प्रदेशसभा ख बाट माओवादीका जिल्ला संयोजक हिरानाथ खतिवडा १७ हजार ६२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जगतवहादुर तामाङले १४ हजार ३ मत पाएका छन् ।

लामो समयदेखि नुवाकोट १ मा राजनीति गतिविधि गर्दै आएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. प्रकाशशरण महत यस निर्वाचनमा गृह जिल्ला छाडेर काठमाडौबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए । उनी एमालेका इश्वर पोखरेलसँग पराजित भए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.