बामदेव गौतम ७ सय ५३ मतले पराजित

बामदेव गौतम ७ सय ५३ मतले पराजित

बर्दिया : एमाले नेता वामदेव गौतम पराजित भएका छन्। वाम गठबन्धनको तर्फबाट बर्दिया क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका एमाले नेता गौतम ७ सय ५३ मत कम ल्याएर पराजित भएका हुन्। लोकतान्त्रिक गठबन्धनका सञ्जयकुमार गौतम ४४ हजार ८ सय २९ मत ल्याएर विजयी हुँदा बामदेवले ४४ हजार ७६ मत प्राप्त गरे।

बर्दिया प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ मा विजयी गौतम सिँचाई मन्त्री हुन्। यो नतिजा सार्वजनिक भएसँगै बर्दियाका सबै निर्वाचनको गणना सकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाका अनुसार बर्दिया १ अन्र्तगत प्रदेससभा क्षेत्र नम्बर १ मा एमालेका कविराम थारुले २३ हजार ५६० मत प्राप्त गरी विजय भएका छन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सोदे विष्टले २१ हजार १९३ मत प्राप्त गरेका हुन्। प्रदेससभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका तिलकराम शर्माले २३ हजार ३९२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलप्रसाद थारुले २० हजार ८४१ मत प्राप्त गरेका छन्।

त्यस्तै बर्दिया प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका विना विभागीय मन्त्री सन्तकुमार थारुले ५० हजार ५ सय ५५ मत ल्याई विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठवन्धनबाट नेपाली कांग्रेसका भूमिसुधार मन्त्री गोपाल दहितले ३६ हजार ७३५ मत प्राप्त गरे।

बर्दिया २ अन्र्तगत प्रदेससभा क्षेत्र नम्बर १ मा वामगठवन्धनबाट एमालेका कुलप्रसाद पोखरेलले २८ हजार ३२३ मत प्राप्त गरी विजय भएका छन्। प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र थापाले १७ हजार ४०२ मत प्राप्त गरेका छन्। प्रदेससभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका दिपेश थारुले २३ हजार ६ सय ३२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नाचुराम चौधरीले १७ हजार ९१२ मत प्राप्त गरेका छन्।

विजय जुलुसमा सिँचाई मन्त्री संजयकुमार गौतम। तस्बिर : यादव आचार्य

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.