४२ मत बढी भेटिएको भन्दै पुनः मतदान गर्न प्रदिप पौडेलको माग

४२ मत बढी भेटिएको भन्दै पुनः मतदान गर्न प्रदिप पौडेलको माग

दमौली : नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर २ (क) का विवादित बुथमा पुनः मतदानको माग गरेको छ । पार्टीले पत्रकार सम्मेलन गर्दै मतगणनाको मुचुल्का भन्दा ४२ मत बढी भेटिएकाले मतपरिणाम स्थगन गर्दै पुनः मतदानको माग गरेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा माओवादी केन्द्रकी आशा कोइराला पाँच मतको झिनो अन्तरले विजयी भएकी छन् । निर्वाचन आयोगका अनुसार विजयी कोइरालाले १६ हजार ६ सय ४६ मत पाएकी छन् । पराजित कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले १६ हजार ६ सय ४१ मत पाएका छन् ।

नेता पौडेलले भने मतपरिणामविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनले मुचुल्कामा उल्लेख भएको भन्दा ४२ मत बढी देखिएको भन्दै समस्या देखिएका पाँचवटा बुथमा पुनः मतदान गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

पौडेलले आफूलाई हराउने उद्देश्यले नियोजित ढंगले मतपत्र थपिएको दाबी गरे । उनले अन्तिम चरणमा मतगणना गरिएका अमर मावि म्यारसिं, जनजुक्त शाही मावि ‘क’, जनजौकुमारी आधारभूत विद्यालय व्यास ५, उदय मावि व्यास ५ ‘ख’ तथा मिन मावि ‘ख’ को मतगणना भएकाले ती ठाउँमा पुनः मतदान माग गर्दै उजुरी दिएका हुन् । यद्यपि आयोगले उजुरी लिए पनि कोइरालालाई नै विजयी फैसला गरिसकेको छ । कांग्रेस जिल्ला सभापति बैकुण्ठनाथ न्यौपानेले विवाद आएका केन्द्रमा पुनः मतदान गरी स्वच्छ र निष्पक्ष मतदानको प्रत्याभूति गर्न माग गरे ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.