मेची अञ्चलकी एक मात्र महिला उम्मेदवार खरेल विजयी

मेची अञ्चलकी एक मात्र महिला उम्मेदवार खरेल विजयी

दमक  : मेची अञ्चलकै एक मात्र महिला प्रतिनिधिसभा उम्मेद्वार पबित्रा निरौला खरेल निर्वाचित भएकी छिन् । खरेल झापा क्षेत्र नम्बर २ बाट बामगठबन्धका तर्फ बाट निर्र्वाचित भएकी हुन् ।

उनले नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापालाई १३ हजार ७ सय ६७ मतान्तरले पराजित गरेकि हुन् । खरेलले ४५ हजार ८ सय १७ मत प्रापत गरिन भने उनका निकटम प्रतिद्वन्द्वी थापाले ३२ हजार ५० मत ल्याए ।


बुवा छबिलाल निरौला र आमा खड्गमाया निरौलाको कोख बाट बिक्रम संबत २०२० साल माघ २० गते झापाको दमक नगरपालिकामा जन्मिएकी खरेलको १५ बर्षको उमेर बाटै राजनीतिक यात्रा सुरु भएको थियो । २०३५ साल देखी बिद्यार्थी राजनिती बाट आफ्नो यात्रा सुरु गरेकी खरेल अन्ततः प्रतिनिधिसभा सदस्यमा निर्वाचीत भएकी छिन् । २०४० सालमा ३ बर्ष जेल जिवन बिताएकी खरेल हाल एमालेको प्रदेश नम्बर एकको सदस्य समेत रहेकी छिन् ।

उनी राष्ट्रिय प्रतिनिधी परिषदकी पुर्व सदस्य समेत हुन् । हाल बिर्तामोड वडा नम्बर ५ मा बस्दै आएकी खरेलको पार्टी भित्र ठुलो योगदान रहेको झापा क्षेत्र नम्बर ५ का ईन्चार्ज होमथापाले बताए । एकदमै साहसी र निडर खरेलको यो जितले महिला आन्दोनका पक्षमा थप बल मिल्ने उनले बताए । महिला प्रत्यक्ष तर्फ उठ्न त्यति आँट नगर्ने गरेको बताउदै थापाले उनले प्रत्यक्षमा जितेर अदम्य साहस देखाएको बताए ।

निर्वाचित भएपछि खरेलले महिलाको लागि काम गर्ने बताएकी छिन् । राजनितीमा महिला अझै पनि साह्रै पछाडि रहेको बताउदै उनीहरु लाई राजनितीक पहुँचमा ल्याउन भुमिका खेल्ने बताईन् । महिला बिशेष गरी राजनितीक , सामाजिक र आर्थिक रुपमा पछि परेको भन्दै अब यसको अन्त्यका लागि योजना बानाएर अघि बढ्ने उनको भनाई छ ।

साथै उनले आफुले जनता संग गरेका सबै प्रतिबद्धता पुरा गर्ने बाचा समेत गरिन् । देशमा अब समृद्धि र विकाश खाँचो रहेको बताउदै जनताको अपेक्षा अनुसारको काम गर्ने बताईन् । उनले झापाको बिर्तामोड मेची अञ्चलकै प्रमुख ब्यापारीक केन्द्र रहेको बताउदै यसको बृहत्तर बिकाश र हितका लागि नया योजनाहरु ल्याउने बताईन् । उनले भनिन्– ‘ म जितले कहिले मात्तिन्न । मेरा जनताले दिनु भएको रायसल्लाह अनुसार नै अघि बढ्नेछु ।’ चुनावी मैदानमा हार र जितको खेल हुने बताउदै उनले आफ्ना प्रतिपक्षी थापासंग समेत बिकाश निर्माणका काममा सहकार्य गरेर अघि बढ्ने बताईन् ।


यसैगरी सोही क्षेत्रको प्रदेश सभा क बाट एमालेका एकराज कार्की २१ हजार २ सय ८४ मतका साथ विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लक्ष्मण खड्काले १२ हजार ७ सय २२ मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.