इटहरीका पहिलो मेयर प्रदेशसभामा विजयी
इटहरी : सुनसरी २ (क) बाट नेकपा एमालेका सर्वध्वज साँवा प्रदेश सभा सदस्यमा निर्वाचित बनेका छन् । साँवा इटहरीका पहिलो मेयर हुन् ।
उनले पाँच हजार बढी मतले नेपाली काँग्रेसका हेमकर्ण पौडेललाई पराजित गरेका हुन् । साँवाले २४ हजार ६ सय ७४ मत प्राप्त गरेर विजयी भए भने पौडेलले १९हनार दुई सय ४५ मत प्राप्त गरे ।
साँवालाई पहिलो टिका र माला प्रतिष्पर्धी पौडेलले लगाइदिएका छन् । उनले अन्तीम मत परिणाम सार्वजनिक नहुँदै साँवालाई माला र अविर लगाइदिएका हुन् । पौडेल काँग्रेसका लोकप्रिय युवा नेता हुन् ।