१५ हजार बढी मत ल्याएर सुरेन्द्र पाण्डे विजयी
चितवन : १५ हजार बढी मत ल्याएर चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डे विजयी भएका छन्। आइतबार साँझ सार्वजनिक अन्तिम नतिजा अनुसार पाण्डे १५ हजार ७ सय २० मत बढी ल्याएर विजयी भएका हुन्।
वाम गठबन्धनमा एमालेको तर्फबाट चितवन १ मा उम्मेदवारी दिएका पाण्डेले ५१ हजार ८० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३ सय ६० मत पाएका छन्।
चितवन १ मा एक लाख १९ हजार ९ सय ९८ मतदाता रहेका थिए। जसमध्ये ८९ हजार ७ सय ४६ मत खसेको थियो। सोही मतबाट पाण्डेले ५१ हजार बढी मत पाएका हुन्।