सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी
राजविराज : सप्तरी ४ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चोधरी विजयी भएका छन् । पूर्व मन्त्रीलाई फराकिलो मत पछि पार्दै चौधरी विजयी भएका छन् ।
२४ हजार एक सय १३ मत ल्याएर चौधरी दोस्रो पटक निर्वाचित भएका हुन् । उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसबाटै विजयी भएका थिए ।
चौधरीका निकटतम प्रतिद्वन्दी राजपाका उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले १४ हजार आठ सय ८६ मत ल्याए । यादवको यो दोस्रो पराजय हो । यादव गत संविधान सभाको निर्वाचनमा कांग्रेसकै सुरेन्द्र यादवबाट पराजित भएका थिए ।
वाम गठबन्धनका उम्मेदबार मों इस्लामले १४ हजार तीन सय पाँच मत प्राप्त गरे ।
फोटो तेजुलाल चौधरी ।