स्याङ्जामा मतगणना सुरु

स्याङ्जामा मतगणना सुरु

स्याङ्जा : बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आइतबार साँझ पौने १० बजेबाट सुरु भएको छ। दलबीच आइतबार साँझ मात्र पुनः मतगणनाको सहमति जुटेपछि स्याङ्जामा चुनाव भएको चार दिनपछि मतगणना सुरु भएको हो।

जिल्ला समन्वय समितिका चार सभाहलमा दुई प्रतिनिधिसभासहित चार प्रदेशसभाको मतगणना सुरु भएको हो। मंगलबारदेखि चार–चार स्थानमा मतगणना गरेर छिटै मतपरिणाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिए।

शनिबार साँझ बसेको सर्वदलीय बैठकले आइतबार बिहान ८ बजे मतगणनाका बिषयमा छलफल गरेर ११ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको थियो। तर, विहान ८ बजे बस्ने भनिएको बैठक दिउँसो मात्र बसेको थियो।

मतदान कार्य समाप्त भई रितपूर्वक मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेको अवस्थामा आवश्यक सुरक्षा व्यवस्था मिलाई तत्काल मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई र आवश्यक सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई निर्वाचन आयोगले निर्देशन दिएपछि दलहरु मतगणना गर्ने सहमतिमा पुगेका हुन्। नत्र वाम गठबन्धन र नेपाली कांग्रेसले दुबै पक्षलाई बुथ कब्जा गरी मत आफ्नो पक्षमा पारेको आरोप लगाउदै पुनः मतदानका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराएका कारण मतगणना प्रभावित बनेको थियो।


यसैबीच, जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिससको कार्यालय मतपेटिका राखिएको भवनबाट ५ सय मिटर क्षेत्रलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको छ। २ निर्वाचन क्षेत्र र ४ प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नम्बर १ बाट वाम गठबन्धनबाट नारायण मरासिनी र कांगे्रसबाट राजु थापा प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभा क्षेत्र २ बाट कांगे्रसको तर्फबाट उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र वाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य पद्मा अर्याल प्रतिस्पर्धामा छन्।

त्यस्तै, प्रतिनिधिसभा १ अन्र्तगत क मा नेपाली कांग्रेसका कमलप्रसाद पंगेनी र वाम गठबन्धनका (माओवादी) दीपकचर्ती मगर र प्रदेश ख मा नेपाली कांग्रेसका तुलसी गिरी र वाम गठबन्धनका (एमाले) मिनप्रसाद गुरुङ चुनावी प्रतिस्पर्धामा रहेका छन्।

प्रतिनिधिसभा २ अन्र्तगत क मा नेपाली कांग्रेसका विष्णुप्रसाद पौडेल र वाम गठबन्धनका (एमाले) मोहनप्रसाद रेग्मी र प्रदेश ख मा नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल र वाम गठबन्धनका (माओवादी) सूर्यप्रसाद गैह्रे पारशबीच प्रतिस्पर्धा छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.