डन गणेश लामालाई हराउँदै वाम गठबन्ध विजयी
काभ्रे : काभ्रे क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा उम्मेदवार बनेका चर्चित डन गणेश लामा पराजित भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गणेश वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका चन्द्र लामासँग ४ हजार १ सय ७७ मतले पराजित भएका हुन्।
विजयी चन्द्र लामाले २४ हजार ४ सय ४७ मत प्राप्त गरे भने गणेश लामाले २० हजार २ सय ७० मत पाएका छन्।
को हुन चन्द्र लामा ?
प्रतिनिधिसभा १ को प्रदेश ‘ख’ का उम्मेदवार लामाको जन्म नमोबुद्ध नगरपालिका–८ डडाउने पोखरीमा २०३८ सालमा पिता जितबहादुर र माता अष्ठमाया तामाङको कोखबाट जन्मेका हुन । स्नातक तहसम्म अध्यन गरेका उनले लामा २०४८ सालदेखि राजनीतिमा सक्रीय छन् । निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष, एमालेको युवा संगठन युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष रहेका छन् ।