१६ हजार मतान्तरले दुर्गा पौडेलले गोविन्द पोखरेललाई हराइन्

   १६ हजार मतान्तरले दुर्गा पौडेलले गोविन्द पोखरेललाई हराइन्

प्यूठान :  प्रतिनिधिसभा सदस्यका लागि एकमात्र क्षेत्र रहेको प्यूठानमा वामगठवन्धन विजयी भएको छ। नेपाली कांग्रेसका उम्मेदवार प्रा.डा.गोविन्दराज पोखरेललाई भारी मतान्तरले पछि पार्दै वामगठवन्धनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल विजयी भएकी हुन्।

आइतबार राति घोषणा भएको अन्तिम मतपरिणाम अनुसार पौडेल १६ हजार २ सय २८ मतान्तरले विजयी भइन्। उनले ४१ हजार ५ सय १४ र निकटतम प्रतिस्पर्धी पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका छन्।
प्रत्यक्षतर्फ जिल्लाबाट पहिलोपटक पौडेल विजयी भएकी हुन्। यसअघिका निर्वाचनमा महिला उम्मेदवार भएपनि विजयी हुन सकेका थिएनन्। पौडेललाई एमाले र माओवादी केन्द्रको साथ रहेको थियो।

झिमरुक गाउँपालिका-५ ओखरकोट प्यूठान निवासी पौडेल विद्यार्थी जीवनदेखि राजनीति क्षेत्रमा क्रियाशिल छिन्। २०४१ सालदेखि पौडेलको राजनीतिक यात्रा शुभारम्भ भयो। २०४५ सालमा साढे तीन महिना जनआन्दोलनका क्रममा उनले बन्दी जीवन बिताउनुपर्‍यो। पौडेल २०५६ सालको निर्वाचनमा कपिलवस्तु र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट समेत उम्मेदवार बनेकी थिइन्। पौडेल नेकपा मसालका महामन्त्री मोहनविक्रम सिँहकी जीवनसंगीनी हुन्।

पौडेलसँग पराजय भोगेका कांग्रेसका पोख्रेल राष्ट्रिय पूनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदबाट राजीनामा दिएर चुनाव लड्न आएका हुन्। जिल्लामा वामगठवन्धनको बलियो क्षेत्र हुँदाहुँदै कांग्रेसले पोखरेलको विजयी सुनिश्चत रहेकोमा दाबी गर्दै आएका थिए।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा जिल्लाको विकास निर्माणमा पुर्‍याएको भूमिकाले पोखरेललाई जिल्लावासीले विजयी गराउनेमा अधिकांशले अनुमान गरेको पाइएको थियो।

प्रत्यक्षतर्फ जिल्लाको सबै मतपरिणाम आइसकेको छ। प्रदेशसभामा समेत वामगठवन्धनकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभाका लागि क्षेत्र नम्बर १ मा एमालेका हरी रिजाल र २ मा माओवादी केन्द्रका कृष्णध्वज खड्का विजयी भएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.