तेस्रो प्रयासमा ईश्वरको जित

तेस्रो प्रयासमा ईश्वरको जित

काठमाडौं: दुवै संविधानसभामा पराजय भोगेका एमाले महासचिव ईश्वर पोखरेलले प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट काठमाडौं ५ मा विजय हासिल गरेका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका डा. प्रकाशशरण महतलाई करिब १० हजार मतको अन्तरले पोखरेलले पराजित गरेका हुन् । आइतबार बिहान सकिएको मतगणनाअनुसार पोखरेल २३ हजार २९ मत प्राप्त गरी विजय भएका हुन् भने उनका प्रतिस्पर्धी महतले १३ हजार १ सय ६९ मत ल्याएका छन् ।


यसअघि २०६४ र २०७० सालको संविधानसभाको दुवै निर्वाचनमा पोखरेलले हार व्यहोर्नुपरेको थियो । उनलाई कांग्रेसका नरहरि आचार्यले हराएका थिए । तेस्रो प्रयासमा जित हात पारेपछि उनले जनतालाई विश्वास गर्ने बताए । ‘काठमाडौं ५ का जनतासँगको सम्बन्ध अविच्छिन्न राख्न आवश्यक ठानें । यही सम्बन्धमा राजनीतिक जीवन बाँच्न चाहन्छु', विजय जुलुस सुरु हुनुअघि उनले भने, ‘परिणाम यही सम्बन्धकै उपज हो ।'

एमालेका महासचिव पोखरेलले प्रदीप नेपालसँगै एमालेको केन्द्रीय सदस्यको निर्वाचन हारेपछि तत्कालीन महासचिव मदन भण्डारीले दुवैलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । पोखरेल २०४८ र २०५१ सालमा राष्ट्रिय सभामा सांसद थिए । मुलुक लामो समयदेखि राजनीतिक अस्थीरतामा छ नराम्ररी आक्रान्त बनेकाले देशमा आर्थिक विपन्नता र सामाजिक द्वन्द्व देखा परेको उनको भनाइ छ । ‘अस्थीरता तोड्न बहुमतको सरकार बन्नु जरुरी थियो किनकि कांग्रेसले पटक–पटक बहुमत ल्याए पनि देशमा स्थीरता हुन सकेन', उनले भने, ‘स्थीरता, आर्थिक समृद्धि र सामाजिक सद्भाव र राष्ट्रिय पक्षमा अबको सरकारले गर्नेछ ।'

जितपछि सञ्चारकर्मीले सोधेको ‘विगतमा मधेसवादी दलका लागि कठोर देखिएको र अब कसरी मिलाएर लैजानुहुन्छ ? ' भन्ने प्रश्नमा पोखरेलले एमालेलाई राम्ररी बुझ्न नसक्ने र नचाहनेहरुको निष्कर्ष भएको जवाफ दिए । ‘एमालेप्रति आग्रह र पूर्वाग्रह राख्नेहरूको पनि उपज हो, हाम्रा राम्रा विचारलाई ठिक ढंगले सम्प्रेषण गर्न नसक्दाको परिणाम पनि हो', उनले भने, ‘तर गलत आधारमा उभिएर निकालिएका निष्कर्ष अब टिक्दैनन् । एमाले मधेसविरोधी हुनै सक्दैन ।'

हिजोका दिनसम्म कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षमा थियो । अहिले देशभर मतगणनाको परिणामले वाम गठबन्धनको लहर देखिएको छ । कांग्रेसका शीर्षनेताहरु हारेको र परिणाम पनि कांग्रेसको विपक्षमा देखिएको सम्बन्धमा पोखरेलले जनताले जसजसको जुनजुन ठाउँमा स्थान तोकिदिन्छन्, त्यहीं उभिएर जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.