धनुषा प्रतिनिधिसभा २ मा फोरम र ४ मा वाम गठबन्धनकोे जित

धनुषा प्रतिनिधिसभा २ मा फोरम र ४ मा वाम गठबन्धनकोे जित

जनकपुरधाम : प्रतिनीधिसभा अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र ४ मा वाम गठबन्धनको जित भएको छ।

धनुषा २ मा फोरमका उमाशंकर अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित हात पारेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार रामचन्द्र झाले १८ हजार ७ सय १५ मत प्राप्त गरेका हुन् भने नेपाली कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४ सय ४२ मत पाएका हुन्।

२०५२ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका अरगरिया विभिन्न पार्टी हुदैं संघीय समाजवादी फोरममा प्रवेश गरि चुनाव लडेका हुन्। प्रदेशसभा अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ख मा फोरम नेपालकै उम्मेदवार समाजसेवी रामअशिष यादव विजयी भएका हुन्।

यादवले १७ हजार १ सय ३१ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ७ हजार १ सय ६२ मत पाएका हुन्। प्रदेशसभामा विजयी भएका यादव नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष समेत हुन्। उनी यस क्षेत्रमा गंगा सागर पोखरी सरसफाइका अभियन्ता र गंगा आरतीको प्रारम्भकर्ताको रुपमा निकै चर्चित छन्।

यसै क्रममा धनुषा क्षेत्र नम्बर चारमा वाम गठबन्धनका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। उनले २२ हजार ५ सय ३२ मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ९ सय ९१ मत ल्याएका हुन् भने संघीय समाजवादी फोरम नेपालका महाजन यादवले १९ हजार ६ सय ६२ मत ल्याएर तेस्रो भएका हुन्।

२०६४ सालमा संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट पराजित महासेठ त्यसपछि धनुषा ५ मा भएको उपचुनावमा विजयी भएक थिए। २०७० सालको चुनावमा क्षेत्र नम्बर ५ बाटै उम्मेदवार बनेका महासेठ पुनः पराजित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.