प्रतिनिधिसभामा २४ स्थानको नतिजा आउन बाँकी

प्रतिनिधिसभामा २४ स्थानको नतिजा आउन बाँकी

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतगणना अन्तिम चरणमा पुगेको छ। सोमबार बिहान ८ बजेसम्ममा अन्नपूर्ण पोस्ट इलेक्सन पोर्टलमा प्राप्त नतिजाअनुसार अब २४ निर्वाचन क्षेत्रमा मात्र परिणाम आउन बाँकी छ।

मतपरिणाम घोषणा भएका १४१ क्षेत्रमध्ये ७४ स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। सबैभन्दा बढी सिट जितेर पहिलो दल बनेको एमालेले ७ क्षेत्रमा अग्रता कायम गरिरहेको छ। एमालेसँगको वाम गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले ३० स्थानमा जित हात पारेको छ भने ६ स्थानमा अग्रता कायम गरिरहेको छ।

नेपाली कांग्रेसले १८ सिट जितेर आफूलाई तेस्रो दल बनाएको छ। परिणाम घोषणा हुन बाँकी रहेका क्षेत्रमध्ये ३ स्थानमा मात्र अग्रता कायम गरिरहेको छ।

राजपाले ८ र संघीय समाजवादी फोरमले ७ स्थान जितेका छन्। उनीहरूले क्रमशः ४ र ३ स्थानमा अग्रता लिइरहेकोले केही सिट बढाउने सम्भावना देखिन्छ।

नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र राप्रपाले १/१ सिट जितेका छन्। नेमकिपाले पनि अग्रता लिइरहेको भक्तपुर १ मा जित्ने निश्चित छ। प्रतिनिधिसभातर्फ १ सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्।

कहाँ कहाँ नतिजा आउन बाँकी?

एमालेले अग्रता लिइरहेका स्याङ्जा १ र २, सुनसरी ३, कैलाली २, कञ्चनपुर ३, डोटी १ र काभ्रे २ मा नतिजा आउन बाँकी छ। माओवादी केन्द्रले अग्रता लिएका सिरहा २, अर्घाखाँची १, चितवन ३, धनुषा १, सल्यान १ र सर्लाही ३ मा नतिजा आउन बाँकी छ। कांग्रेसले अग्रता कायम गरेका कांग्रेसले अग्रता लिएका सुनसरी २, सिरहा १ र उदयपुर १ मा नतिजा आउन बाँकी छ।

संघीय समाजवादीले अग्रता लिइरहेका पर्सा २ र ३ तथा महोत्तरी ४ मा नतिजा आउने क्रममा छ। राजपा अगाडि रहेका पर्सा ४, कैलाली १, सर्लाही १ र ४ मा पनि नतिजा आउने क्रममा छ। नेमकिपाले भक्तपुर १ मा अग्रता लिइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.