सुनसरीमा ज्ञानेन्द्रको उदय

सुनसरीमा ज्ञानेन्द्रको उदय

धरान : गृहजिल्ला भोजपुरबाट यस अघिका निर्वाचनमा सफलता हात पार्न नसकेका कांग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्की सुनसरीबाट उदाएका छन्। कार्की पहिलोपटक जिल्ला परिवर्तन गरि सुुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गरी एमालेका स्थानीय नेता रमेश श्रेष्ठलाई पराजित गरेका हुन्। श्रेष्ठले २५ हजार ७ सय ५० मत प्राप्त गरेपनि पाहुना उमेद्वार कार्कीलाई पराजित गर्न भने सकेनन्।

यस अघिका निर्वाचनमा भोजपुरबाट चनाव लडेका कार्कीविरुद्ध आफ्नै पार्टीका नेताहरुले बागी उम्मेदवारी दिएपछि उनी परजित हुदै आएका थिए। देउवा सरकारमा अर्थमन्त्री बनेदेखि नै कार्की सुनसरीमा पार्टी संगठन निर्माणमा लागि परेका थिए। राष्ट्रिय राजनैतिकका खेलाडी मानिने कार्कीको विजयले सुनसरीको विकासमा थप सहयोग पुग्ने जिल्लावासीको अपेक्षा छ।

विजयी बनेपछी कार्कीले अन्न्पूर्णसँग कुरा गर्दै यस क्षेत्रको विकास निर्माण र अन्य कामका लागि सदैव लागिरहने कार्कीले प्रतिवद्वता जनाएका छन्। उनले निर्वाचनका बेला आफूले गरेका चुनावी प्रतिबद्धता पुरा गरी नेपाली भूमि अतिक्रमण भएको विषयमा समेत कुटनितिक ढंगले सीमा अतिक्रमणको विषयलाई समाधान गर्न आफ्नो पहल हुने बताएका छन्। उनले सुनसरीका मतदाताहरुलाई धन्यवाद दिदै सुनसरीवासीप्रति आभार प्रकट गरेका छन्। सुनसरीबासीहरुले जसरी मलाई जिताएका छन्।

प्रदेशसभा सदस्यमा एमाले सचिव आचार्य विजयी

सुनसरी क्षेत्र नम्बर १ को प्रदेश (ख) बाट एमाले सचिव भीम अचार्य विजयी भएका छन्। उनले २० हजार २ सय ११ मत प्राप्त गरी विजयी हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धि कट्वालले १२ हजार ९ सय ६४ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर १(क) बाट एमालेका प्रदिप भण्डारी निर्वाचित भएका छन्। भण्डारीले १९ हजार २ सय ४३ मत प्राप्त गरि निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १३ हजार ७ सय ७० मत प्राप्त गरेका छन्।

सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा एमालेका जयकुमार राई भारी मतले विजयी बनेका छन्। उनले संघीय समाजवादीका अशोक कुमार राईलाई भारी मत अन्तरले पराजित गर्दै सानदार जित हासिल गरेका हुन्।
वाम गठबन्धनका साझा उम्मेद्वार जयकुमारले ४४ हजार ५ सय २८ मत प्राप्त गरि विजयी हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादीका अशोककुमारले २२ हजार एकसय २३ मत प्राप्त गरेका हुन्।

विजयी भएका राई अशोकका प्रमुख कार्यकर्ता हुन्। खोटाङ, उदयपुरबाट यसअघि चुनाव लड्दै आएका अशोक यस पटक कांग्रेसको समर्थनमा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए। निर्वाचित भएका एमालेका जयकुमारले आफूले धरानको समग्र विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। उनले आफ्नो जित समग्र सुनसरी क्षेत्र नम्बर १ का जनताको भएकाले यस क्षेत्रको विकासमा आफू सदैव लागिपर्ने प्रतिबद्धता जनाएका छन्।

क्षेत्र नम्बर २ को (क) मा एमालेका सर्बध्वज साँवा विजयी भएका छन्। उनले २४ हजार ६ सय ७४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसमा हेमकर्ण पौडेलले १९ हजार २ सय ४५ मत प्राप्त गरेका छन्। विजयी पश्चात साँवाले एक नम्बर प्रदेशको राजधानी इटहरीलाई बनाउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

सुनसरी क्षेत्र नम्बर ३ को (क) मा एमालेका लिलम बस्नेत विजयी भएका छन्। उनले १९ हजार ६ सय ६५ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुमार थापाले १७ हजार ६ सय ८१ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर ४ (क) मा एमालेका जगदिश कुसैयत निर्वाचित भएका छन्। उनले १६ हजार ६ सय ९० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रेवती दुलालले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ४ को (ख) मा कांग्रेसका महम्मद ताहिर मियाँ विजयी भएका छन्। उनले ११ हजार ८ सय २५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी ७ हजार ६ सय ७० मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.