भक्तपुर १ को प्रदेश ‘क' मा वाम र ‘ख' मा नेमकिपा विजयी

भक्तपुर १ को प्रदेश ‘क' मा वाम र ‘ख' मा नेमकिपा विजयी


भक्तपुर: भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क' मा वामगठबन्धनका लागि नेकपा एमालेका हरिशरण लामिछानेले जीतको झण्डा गाडेका छन् । उनी १२ हजार सात ८९ मत ल्याएर विजयी भएका हुन् ।

लामिछानेले वामगठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएका थिए । पछि एमाले र माओवादी केन्द्रले केन्द्रीय तहमै सहमति गरेर लामिछानेको उम्मेदवारीलाई गठबन्धनको उम्मेदवारीको मान्यता दिएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौसय ७४ मत ल्याए । त्यस्तै सात हजार १९ मत ल्याएर नेमकिपाका निरज लवजू तेस्रो स्थानमै सीमित रहेका छन् । यस प्रदेशमा कूल ३८ हजार नौ सय ७६ मतदाता थिए । जसमध्ये ७५.२५ प्रतिशत अर्थात २९ हजार तीनसय ३१ मत खसेको थियो ।

गोसाईं झण्डै तेब्बर मतले विजयी
यसै क्षेत्रको प्रदेश ‘ख' मा भने नेमकिपाका उम्मेदवार सुरेन्द्रराज गोसाई भारी मतले विजयी भएका छन् । स्थानीय तह निर्वाचनमा नेमकिपाले क्लिन स्वीप गरेको भक्तपुर नगरपालिकाको वडा नं १ देखि ९ सम्मका वडाका मतदाताले मतदान गरेको यस प्रदेशमा विजयी गोसाईंले २३ हजार आठ सय ८६ मत ल्याएका थिए।

यस प्रदेशमा वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवार रोमन शिलाकार आठ हजार ६८ मतका साथ दोस्रो भए । स्थानीय तह निर्वाचनमा दोस्रो भएको कांग्रेसका उम्मेदवार अनिल भुजू भने पाँच हजार चार सय ४३ मतका साथै तेस्रो स्थानमा सीमित भए।

यस प्रदेशमा ५५ हजार एकसय ८८ मतदाता रहेका थिए । भक्तपुरका चार प्रदेशमध्ये यस प्रदेशमा जिल्लामै सबैभन्दा बढी मत खसेको थियो । यहाँ ७७.३१ प्रतिशत अर्थात ४२ हजार ६ सय ६५ मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

भक्तपुर १ मा सुवालको जीत सुनिश्चित
त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल जित नजिक पुगेका छन्। उनले प्रतिद्वन्द्वीभन्दा १० हजारभन्दा बढी मत ल्याएर अग्रता लिइरहेका छन्।

उनलाई नेपाली कांग्रेसका बाबुराजा जोशीले पछ्याइरहेका छन् । त्यस्तै वाम गठबन्धनका लागि माओवादी केन्द्रका मिलन सुवाल पनि पछिपछि आइरहेका छन्। भक्तपुर क्षेत्र नं १ मा कूल ९४ हजार एकसय ६४ मतदातामध्ये ७६.८१ प्रतिशत अर्थात ७१ हजार नौसय ९६ मत खसेको थियो ।

कांग्रेस शून्य
भक्तपुरमा नेपाली कांग्रेसले सबै सिट गुमाएको छ। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ मा जीत हात पारेको कांग्रेसले यसपटक उक्त क्षेत्रबाट समेत हात धुनुपरेको हो। कांग्रेसले यस क्षेत्रमा पूर्वसभामुख दमननाथ ढुंगानाको उम्मेदवारी दर्ता गरेको थियो तर वाम गठबन्धनका उम्मेदवार पूर्वउद्योगमन्त्री महेश बस्नेतसँग करिब दोब्बर मतले पराजित हुनुपर्‍यो।

भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र दुई प्रदेशसभामा वाम गठबन्धनको लागि नेकपा एमालेका तीनैजना उम्मेदवारहरु जितिसकेका छन् । यहाँ प्रतिनिधिसभातर्फ महेश बस्नेत र प्रदेश क र ख मा क्रमशः शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठ विजयी भएका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.