बाँकेमा तीन पाटीलाई तीन सिट

बाँकेमा तीन पाटीलाई तीन सिट

नेपालगन्जः तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य दाबेदार दलहरुको समान मतपरिणाम आएको छ। पटक-पटकको निर्वाचनमा नेतृत्वहरु परिवर्तन हुँदै आएको बाँकेका तीनवटै क्षेत्रका प्रतिनिधिसभा सदस्यको मतपरिणाम तीनवटा पार्टीको पक्षमा आएको हो। मुख्य दाबेदार दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारले प्रतिनिधिसभा सदस्यमा एक÷एक निर्वाचन क्षेत्रमा जित हासिल गरेका हुन्।

क्षेत्र नम्बर एकमा नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज, क्षेत्र नम्बर दुईमा संघीय समाजवादी फोरम मोहम्मद इस्तियाक राई र ३ नम्बर क्षेत्रमा नेकपा एमालेका नन्दलाल रोकाया प्रत्यक्षतर्फ निर्वाचित भएका छन्। यस्तै, पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको क्षेत्र बाँकेमा नेपाली कांग्रेस भने एउटा प्रदेशसभा सदस्यमा सीमित भएको छ। वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको बलियो पटक मानिएको क्षेत्र नम्बर दुईको प्रतिनिधिसभा सदस्यमा इस्तियाक राई २१ हजार पाँचसय ७५ मतसहित निर्वाचित भएपछि संघीय समाजवादी फोरमले पनि एक सिट कब्जा गरेको हो।

फोरमका इस्तियाकका निकटतम प्रतिद्वन्द्वी वाम गबन्धनबाट नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्रले १५ हजार नौसय ५१ मत प्राप्त गरेका छन् भने जित्ने दाबी गर्दै आएको लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका ओमप्रकाश आजातले ११ हजार ६ सय २२ मत प्राप्त गरेका छन्।

यस्तै बाँके क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका नन्दलाल रोकाले ३१ हजार ६ सय एक मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बादशाह कुर्मीले २६ हजार ६ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए।

क्षेत्र नम्बर एकमा पनि भारी मतान्तरले नेपाली कांग्रेसका माधवराम खत्रीलाई पराजित गर्दै माओवादी केन्द्रका महेश्वरजंग गहतराज प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिनिधिसभा सदस्यमा तीनवटा पाटीले एक÷एक स्थानमा जीत हासिल गरेपनि प्रदेशसभामा भने वाम गठबन्धनले ८० प्रतिशत स्थानमा थित हासिल गरेको छ। ६ वटा प्रदेशसभा रहेको बाँकेमा चार स्थानमा वाम गबठन्धनका उम्मेदवार निर्वाचित भएका छन्। यस्तै संघीय समाजवादी फोरमका एक जना र नेपाली कांग्रेसका एक जना सदस्य प्रदेशसभामा निर्वाचित भएका छन्।

वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णा सुवेदी क्षेत्र नम्बर १ को (क) र क्षेत्र नम्बर तीन (क) बाट इन्द्रप्रसाद खरेल निर्वाचित भएका छन्।यस्तै, आइतबार सार्वजनिक मत परिणामअनुसार वाम गठबन्धनबाट एमालेका आरती पौडेल क्षेत्र नम्बर एक (ख) बाट निर्वाचित भएकी छन्।

पौडेलले नेपाली कांग्रेसका नारायणप्रसाद गौडललाई पराजित गर्दै आफ्नो जित निकालेकी हुन्। क्षेत्र नम्बर ३ को (ख) मा कांग्रेसकै लक्ष्मी नारायण यादवलाई पराजित गर्दै एमालेका बाबुराम गौतम निर्वाचित भएका छन्। विजयी गौतमले ११ हजार आठसय ७७ मत प्राप्त गरे भने, यादवले सातहजार पाँचसय ९२ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर दुईको (क) मा कांग्रेसका निरन्जन सिंह सिंजापतिलाई पराजित गर्दै संघीय समाजवादी फोरमका विजयबहादुर यादव निर्वाचित भएका छन्।

फोरमका यादवले ११ हजार ५७४ मत प्राप्त गरे भने, सिंजापतिको सातहजार सातसय ५१ आएको थियो। सुरेन्द्र हमालले क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभामा एक सिट जितेर नेपाली बाँकेमा उपस्थिति देखाएका छन्। प्रदेश र प्रतिनिधिसभा गरी नौ जना सांसद निर्वाचित भएको बाँकेमा प्रदेशसभामा प्रत्यक्षतर्फबाट दुईजना महिला सांसदको प्रतिनिधित्व भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.