सर्लाही २ मा राजपाका महेन्द्रराय यादव विजयी

सर्लाही २ मा राजपाका महेन्द्रराय यादव विजयी

मलंगवा : सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव विजयी भएका छन्। महेन्द्रले नेपाली कांग्रेसका जंगीलाल रायलाई १० हजार २ सय १५ मतको फराकिलो मतान्तरले पराजित गरेका छन्। महेन्द्रले २९ हजार १ सय ९१ मत ल्याएका छन्। जंगीलाल रायले १८ हजार ९ सय ७६ मत प्राप्त गरेका छन्।

महेन्द्र २०३६ सालबाट विधार्थी आन्दोलनबाट राजनीतिक सुरु गरेका हुन्। उनी २०३७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएर औपचारिक रुपमा राजनीतिक सुरु गरेका हुन्। नेता यादवले २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको समयमा १ महिना जेल जीवन बिताएका थिए। २०४८ सालको निर्वाचनमा पराजय भोगेका यादव २०५१ र २०५६ सालको निर्वाचनमा विजयी भए। २०६२ सालमा एमाले परित्यागत गरी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेका महेन्द्रले पार्टीको महासचिव भई काम गरे।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा तमलोपाको तर्फबाट सामानुपातिक सभासद भए। २०६६ सालमा तमलोपाबाट अलग भएर तराई मधेश सद्भावना पार्टी गठन गरेका महेन्द्र २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा तमसपाबाट विजयी भएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.