सुनसरी ३ मा मतगणना रोकियोः चौधरी र गच्छदारको कडा प्रतिस्पर्धा

सुनसरी ३ मा मतगणना रोकियोः चौधरी र गच्छदारको कडा प्रतिस्पर्धा

सुनसरी :  सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ। दुवै नेताबीच मत अन्तर झिनो हुँदै गएको बेला मतपेटिकामा २० रुपैयाँको नोट भेटिएको थियो। सो विषयलाई लिएर विवाद हुँदा मतगणना स्थगित भएको हो। अझै झण्डै २० हजार मतगणना बाँकी रहेको छ।

रुखुमा स्वास्तिक चिन्ह भएको नौवटा अर्धकट्टी भेटिएपछि एमालेले उक्त मत बदर गर्नुपर्ने अडान लिएको छ भने कांग्रेसले सदर गर्नुपर्ने भन्दै आएको छ। विवाद नमिलेपछि मतगणना स्थगित भएको हो। अर्धकट्टी सहितको नौ वटा मतपत्र भेटिएकाे थियाे । 

सुनसरी ३ मा वामगठबन्धनका उम्मेदवार भगवती चौधरी र नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारबीच कडा प्रतिस्पर्धा भइरहेको छ। मतगणना रोकिनुअघि वामगठबन्धनकी चौधरीले १५५ मतले लिड गरेकी छिन् भने गच्छदारले मतान्तर घटाउँदै लगेका छन्।

भगवतीको २९३२६ मत आएको छ भने गच्छदारको २९१७१ मत आएको छ। करिब २० हजार गन्न बाँकी छ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.