कैलाली ४ मा लेखराज भट्टसहित वाम गठबन्धन विजयी

 कैलाली ४ मा लेखराज भट्टसहित वाम गठबन्धन विजयी

धनगढी :  कैलाली क्षेत्र न. ४ बाट वाम गठवन्धनका तीनै उमेदवार जितेका छन्। प्रतिनिधिसभामा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ७ का ईञ्चार्ज लेखराज भट्ट विजयी भएका छन्।

काग्रेंस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३ सय ९९ मत अन्तरले हराउँदै भट्ट निर्वाचित भएका हुन्। भट्टले ३१ हजार ३५९ मत पाए भने प्रतिद्वन्द्वी सुनिल भण्डारीले २० हजार ९६० मत पाए। नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर ७ का संयोजक लेखराज भट्टको जन्म २०१६ साल चैत्र ११ मा डोटीको सविक गडसेरा गाविस-९, भएको हो।

दशरथ र दुर्गादेवी भट्टका छोरा लेखराजले स्नातकसम्मको अध्ययन गरेका छन्। २०३० सालदेखि राजनीतिमा लागेका प्रचण्ड नेतृत्वको सरकारमा श्रम मन्त्री तथा तत्कालीन माओवादीका नेता डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेका छन्।

२०५१ सालमा तत्कालीन नेकपा माओवादीको पूर्णकालीन सदस्य भएका भट्ट वि.सं २०५७ सालमा केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्य बने। तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र विद्रोहका समयमा उनी ६ महिना जेल परेका थिए। २०६४ सालको संविधानसभा चुनावमा भट्ट कैलाली क्षेत्र नम्बर ५ बाट १७ हजार ९ सय ७९ मत ल्याएर विजयी भएका थिए।

तर २०७० सालको चुनावमा भने त्यही क्षेत्रबाट नेपाली कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए। यस्तै प्रदेशसभा क बाट एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी र ख बाट एमालेकै कृष्ण प्रसाद सुवेदी चुनाव जितेका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.