विजय भएपछि प्रमाणपत्र बुझ्न हेलिकोप्टर चार्टर गरेर जिल्लामा

विजय भएपछि  प्रमाणपत्र बुझ्न हेलिकोप्टर चार्टर गरेर जिल्लामा

गाईघाट : उदयपुर प्रतिनिधिसभा १ का नवनिर्वाचित सांसद नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का विजयी जुलुसमा सहभागी हुन् हेलिकोप्टर चार्टर गरेर गाईघाट आइपुगेका छन् ।

सामान्य विरामी परेपछि उपचारका लागि काठमाडौं पुगेका डा. खड्का सोमबार बिहान १०ः३० बजे हेलिकोप्टरबाट सदरमुकाम आइपुगेका हुन् । सोमबार बिहान ९ बजे निर्वाचित भएको जानकारी पाएपछि खड्का निर्वाचित भएको प्रमाणपत्र बुझ्न र विजयी जुलसमा सहभागी हुन् हेलिकोप्टर चार्टर गरेर आएका हुन् ।

आइतबार रातिसम्म प्रतिस्पर्धी वाम गठबन्धन एमालेका उम्मेदवार मन्जुकुमारी चौधरीसँग ३ सय ७ मतले पछि परेका खड्का सोमबार बिहान जित नजिक पुगेका थिए । खड्काले प्रतिस्पर्धी चौधरीलाई ५४८ मतले पछि पारेका थिए । खड्काले ३३ हजार १४२ र चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेका थिए ।

दुबै उमेदवार २०७० का निर्वाचित सांसद हुन् । यसअघि ३ वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा खड्काले क्षेत्र नम्बर १ र चौधरीले क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । जितसँगै नेपाली कांग्रेसले सदरमुकाम गाईघाटलगायत पूर्वी क्षेत्रमा विजयी जुलुसको तयारी गरेको छ ।

कांग्रेसले प्रतिनिधिसभा १ अन्र्तगत रहेको प्रदेश २ मा पनि जितेको छ । सदरमुकाम रहेको यो प्रदेशमा कांग्रेसका पूर्वसभापति हिमाल कार्की विजयी भएका हुन् । कार्कीले गठबन्धन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वसभाषद रामबहादुर मगरलाई १ हजार ५९८ मतले पराजित गरेका थिए । कार्कीले १६ हजार ७९२ र मगरले १५ हजार १९४ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.