सर्लाही २ (क)बाट राजपाका गौरीनारायण साह विजयी
मलंगवा : सर्लाही निर्वाचन क्षेत्र नम्बर २ (क) मा राष्ट्रिय जनता पार्टी नेपालका गौरीनारायण साह तेली विजयी भएका छन्। राजपाका तेली १५ सय ९८ मतान्तरले विजयी बनेका हुन् । तेलीले १० हजार १ सय ४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद साह तेलीले ८ हजार ५ सय ३४ मत प्राप्त गरेका छन् ।