काभ्रे २ बाट वामका गोकुलप्रसाद बास्कोटा विजयी
बनेपा : काभ्रे २ बाट वामगठबन्धन साझा उम्मेदवार गोकुलप्रसाद बास्कोटा भारी मतले विजयी भएका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवार बास्कोटाले ५४ हजार ४ सय २७ मत ल्याएर विजयी भएका हुन्।
मंगलबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मधुप्रसाद आचार्यलाई १७ हजार ८ सय ४८ मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय धुलिखेलका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकरीले जानकारी दिए। कांग्रेसका आचार्यको ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका छन्।
बास्कोटाको राजनीतिक यात्रा
विद्यालयमा पढ्दा २०३७ सालदेखि नै राजनीतिमा लागेका बास्कोटा २०७० सालको चुनावमा उम्मेदवार बनेका थिए । नेकपा एमालेको जिल्ला अध्यक्ष भइसकेका बास्कोटाले नेकपा एमालेको केन्द्रीय स्कुल विभागको सदस्यका रुपमा हालसम्म काम गर्दै आएका छन्। स्नातक तहसम्मको अध्ययन पूरा गरेका नेता बास्कोटालले काभ्रेको डेडिथुम्का माविबाट एसएलसी पास गरेका हुन् भने आरआर क्याम्पस काठमाडौंबा६ प्रविणता प्रमाणपत्र तह पास गरेका हुन्। खरो शैलीका बस्कोटालाई काभ्रेका जनताले राम्रोसंग चिनेका छन्। एमाले पार्टीको पूर्व अध्यक्षसमेत रहेका बस्कोटाले २०७० सालको संविधानसभा निर्वाचनमा झिनो मतले पराजित भएका थिए।