नयाँ सरकारले लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर काम गर्छ : ओली

नयाँ सरकारले लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर काम गर्छ : ओली

झापा : एमाले अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने नयाँ सरकारले लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर काम गर्ने बताएका छन्। झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि निर्वाचन अधिकृत शकुन्तला कार्कीको हातबाट प्रमाणपत्र बुझ्दै यस्तो बताएका हुन्।

निर्वाचित भएपछिको पहिलो सम्बोधनमा ओलीले भने, ‘बाहिर के के हल्ला चलेका छन्। त्यसमा केही सत्यता छैन। लोकतन्त्रको मूल्य र मान्यतामा रहेर नयाँ सरकारले काम गर्छ।’

ओलीले नयाँ बन्ने सरकारले प्रतिपक्षीलाई रिझाएर अघि बढ्ने समेत बताए। ‘नयाँ सरकारले प्रतिपक्षीलाई रिझाउने प्रयास गर्नेछ’, ओलीले भने, ‘एमालेका निर्वाचित जनप्रतिनिधिलाई जनताको चाहना अनुरुप काम गर्न निर्देशन दिन्छु र अन्य दलका जनप्रतिनिधिलाई पनि त्यही आग्रह गर्दछु।’

उनले वामपन्थी सरकार अलोकतान्त्रिक र अधिनायकवादी ढंगले अघि बढ्ने हल्लाका पछाडि नलाग्न समेत सबैलाई आग्रह गरे।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका ओली झापा ५ मा ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी २८ हजार २ सय ९७ मत ल्याएर पराजित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.