डडेल्धुरामा २८ सय ५६ मत वदर

डडेल्धुरामा २८ सय ५६ मत वदर

डडेल्धुरा : डडेल्धुरा जिल्लामा स्थानीय तहको भन्दा वदरमतको संख्या घटेको छ। डडेल्धुरामा खसेको कुल मत ५४ हजार ९८ मा २ हजार ८ सय ५६ मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ। तर नतिजा भने नआएको निर्वाचन कार्यालयका प्रमुख कृष्णसिंह नायकले बताए। स्थानीय तहको भन्दा केही प्रतिशत वदर मत घटाउन सफल भया तर पनि सोचे जति सफलता भने प्राप्त गर्न नसकेको उनले बताए।

हामीले स्थानीय तहको भन्दा वदर मतको संख्या घटाउन सकेपनि सोचेजस्तो नतिजा नआएको मतदाता शिक्षा स्वयम सेवकहरु बताउँछन्। निर्वाचन शिक्षा प्रभावकारी नहुँदा धेरै मत वदर भएको निर्वाचन अधिकारीले बताए।

ढिलागरी मतदाता शिक्षा लागू हुनु र दुर्गम बस्तीमा स्वयम सेवक पुग्न नसक्दा मतहरु वदर भएका हुन्। दलहरुले आयोजना गरेका चुनावी सभामा निर्वाचन शिक्षा प्रदान गर्नाले पनि वदर मतको संख्या घटेको नेपाली कांग्रेसका जिल्ला सदस्य गोकुलबहादुर शाहीले बताए। पहिलेको तुलनामा अहिलेका मतदाता पढेलेखेका र बुढापाकालाई पुरानो अनुभवको आधारले पनि बदर मतको संख्या घटेको नेकपा एमालेका जिल्ला उपाध्यक्ष वीरेन्द्र बस्नेतले बताए।

स्थानिय तहमा मतपत्र मतदातालाई झुक्याउने खालको भएकाले वदर मतको संख्या बढेको बस्नेत बताउँछन्। ८१ हजार ७ सय ३५ मतदाता रहेको डडेल्धुरामा ५४ हजार ७७ मत खसेका र त्यसमा २८ सय ५६ मत वदर भएको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रशाद रिजालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.