राप्तीमै कांग्रेसको एक्लो विजेता बने डिल्ली चौधरी

राप्तीमै कांग्रेसको एक्लो विजेता बने डिल्ली चौधरी

दाङ : बहुदलपछि भएका निर्वाचनमा राप्तीका सबै जिल्ला कांग्रेसमय हुन्थे। राप्तीका पाँचै जिल्लामा अधिकांश जिल्लामा कांग्रेसले क्लिन स्विप नै पार्दै आएको थियो। २०६४ सालसम्म कांग्रेसमय बनेको राप्ती पहिलो संविधान सभाको पहिलो निर्वाचनमा माओवादीमय बन्यो। त्यसपछिका अहिलेसम्मका निर्वाचनमा दाङ बाहेक अन्य जिल्लामा कांग्रेस उदाउन सकेन।

२०७० सालको निर्वाचनसम्म कांग्रेस राप्तीका सबै जिल्ला गुमाउँदै दाङमा मात्रै गढको रुपमा आफूलाई स्थापित गरायो। ७० सालको संविधानसभाको निर्वाचनमा दाङमा कांग्रेसले क्लिन स्विप गर्‍यो। कांग्रेसको गढकै रुपमा दाङलाई चिनायो। कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको गृह जिल्ला रहेको दाङ काग्रेसको बलियो क्षेत्रको रुपमा चिनिदै र गनिदै पनि आयो। तर यसपटकको निर्वाचनमा भने दाङमा संसदीय प्रतिनिधित्वका लागि काग्रेस खोज्नु पर्ने अवस्था देखियो। स्थानीय चुनावमा केही कम उपस्थिति जनाएको कांग्रेस मंसिर २१ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा आफ्नो साख जोजाउन पनि सकेन र आफनो किल्ला दाङलाई बचाउन सकेन।

राप्ती अञ्चलका सबै जिल्लाहरुमा वाम बर्चश्व बढ्दै गर्दा दाङ निर्वाचन क्षेत्र नं ३ (क)बाट कांग्रेस उम्मेदवार डिल्ली बहादुर चौधरी प्रदेश सभा सदस्यमा निर्वाचित हुँदै वामको क्लिन स्विप हुन बाटमात्रै जोगाएनन् की काग्रेसको प्रतिनिधिका रुपमा एक्लो बृहस्पति बनेर उदाएका छन्। दाङ, सल्यान, रोल्पा, रुकुम, प्युठानमा कांग्रेसका हेभिवेट नेताहरु समेत पराजित हुदै गर्दा चौधरीले वाम गठबन्धनका उम्मेदवारलाई पछि पारेर आफनो उदय गराएका हुन्। काग्रेसकै अरु उम्मेदवारहरु १३÷१४ हजार मत अन्तरले पराजय भोग्दै गर्दा चौधरीले प्रतिद्वन्द्वीलाई २ हजार ३ सय मतले पछि पारे।

चौधरीले वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मालाई पराचित गर्दै परिणाम आफनो पक्षमा पारेका हुन। चौधरीले २३ सय ७६ मतले जितेका हुन्। कांग्रेसका चौधरीको पक्षमा १७ हजार ३६ मत प्राप्त भएको थियो भने निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार जगप्रसाद शर्मालाई १४ हजार ७ सय मत आएको थियो। शर्मा माओवादी नेता जनार्दन शर्माका आफन्त हुन्।

२०४८ सालदेखि सामाजिक आन्दोलनबाट समाजमा स्थापित भएका चौधरी २०५८ बाट नेपाली काग्रेससँग आबद्ध भएका थिए। दाङको तुलसीपुरमा जन्मिएका चौधरी जिल्लाका विकासप्रेमी नेताकोरुपमा चिनिदैँ आएका छन्।

२०६४ सालको संविधान सभा निर्वाचनमा माओवादीकै उम्मेदवार शिवराज गौतमसँग पराजय भोगेका चौधरी २०७० सालको संविधानसभाको निर्वाचनबाट संसदमा पुगेका थिए।चौधरी वर्तमान श्रम तथा रोजगार राज्यमन्त्री पनि हुन्। चौधरीले काग्रेसको गढ भत्काएर बनेको वामहरुको किल्लामा लोकतन्त्र, प्रजातन्त्र र संविधानको रक्षा गर्दै समृद्व जिल्ला बनाउन आफू विकासमा लाग्ने र भूमिका खेल्ने प्रतिक्रिया दिए। उनले विकास र समृद्विका लागि सबै एक हुन सकनु पर्ने भन्दै आफूसँग पराजित भएका शर्मा संग पनि समन्वय गरेर अघि बढ्ने बताए।

चौधरीले दाङ काग्रेसलाई बचाएको भन्दै काग्रेस सभापति कृति बहादुर खडकाले दुई ठूला दलको एकता र पार्टीको आन्तरिक समस्याले पराजय बेहोर्नु परेको उल्लेख गरे। चौधरी कांग्रेसको बहुमत हुने अवस्था भए ५ नं प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.