समानुपातिकमा दाङमा एमाले पहिलो

समानुपातिकमा दाङमा एमाले पहिलो

घोराही :  प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै दाङमा समानुपातिकतर्फको मत गणना भइरहेको छ । प्रतिनिधि र प्रदेश सभाका गरी ९ सिट मध्ये एकबाहेक वामपन्थी गठबन्धन विजयी भएको अवस्थामा समानुपातिमका पनि एमाले पहिलो भएको छ ।

१ लाख ८ हजार ८ सय ७० मत मतदाता रहेकोमा अहिले सम्म ४९ हजार ६ सय ६८ मत गणना भइसकेको छ । मतगणना अनुसार अहिले सम्म प्रतिनिधि सभामा नेकपा एमालेले १४ हजार ५ सय ५९ मत पाएर पहिलो स्थानमा रहेको छ । १४ हजार ३ सय ८८ मत ल्याएर नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १२ हजार ८ सय ७२ मत ल्याएको छ ।

नयाँ पार्टीका रुपमा रहेको विवेकशील साझा पार्टी दाङमा चौथो स्थानमा रहेको छ । उसले १ हजार ४ सय २६ मत पाएको छ । अन्य दलहरु अझै ३ अंकको वरिपरिनै रहेका छन् ।

प्रदेश सभाको सामानुपातिकतर्फ पनि नेकपा एमालेनै अग्रस्थानमा रहेको छ । एमालेले अहिलेसम्म १४ हजार १ सय ९७ मत ल्याएको छ । १३ हजार ५ सय ८९ मत सहित कांग्रेस दोस्रो स्थानमा छ । तेस्रो स्थानको माओवादीले १२ हजार ३ सय ७२ मत ल्याउँदा साझा विवेकशीलले १ हजार ५५ मत ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.