महोत्तरी ४ मा फोरमका यादव विजयी, जिल्लामा कांग्रेस निल

महोत्तरी ४ मा फोरमका यादव विजयी, जिल्लामा कांग्रेस निल

महोत्तरी : महोत्तरीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। चारवटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा रहेको महोत्तरीमा पछिल्लोपटक सार्वजनिक मतपरिणाअनुसार प्रतिनिधिसभा ४ मा संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार यादव विजयी भएका छन्।

यादवले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रकुमार रायलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गरे। यादवले १८ हजार ३५३ मत पाए भने रायले १२ हजार ९४५ मत पाए। वाम गठबन्धनका उम्मेदवार मो रजी हैदरले १२ हजार ९४५ मत पाए।

महोत्तरीमा दुई सिट राजपाले पाएको छ भने संघीय समाजवादी र माओवादी केन्द्रले एक एक सिट जितेका छन्। प्रतिनिधिसभा १ बाट माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, २ बाट राजपाका शरतसिंह भण्डारी, ३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर र ४ बाट संघीय समाजवादीका सुरेन्द्रकुमार यादव निर्वाचित भएका हुन्।

प्रदेशसभाका ८ सिटमा ४ सिट राजपाले जितेको छ भने दुई सिट संघीय समाजवादीले जितेको छ। एमाले र माओवादी केन्द्रले प्रदेशसभामा १/१ सिट जितेका छन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा महन्थ ठाकुरलाई समर्थन गरेको कांग्रेसले अन्य प्रदेश तथा प्रतिनिधिसभाका क्षेत्रमा भने आफ्ना उम्मेदवार उठाएको थियो। तर उसले कतै पनि जित हात पार्न सकेन। महोत्तरीको चुनावी विवरण अन्नपूर्ण इलेक्सन पोर्टलमा पढ्नुस्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.