रमेश लेखकलाई पछाडि पार्दै दीपक भट्ट १७८ मतले अगाडि (अपडेट)
कञ्चनपुर : कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा रोचक बन्दै गएको छ। नेपाली कांग्रेसका रमेश लेखकलाई पछाडि पार्दै एमालेका दीपकप्रकाश भट्टले अग्रता बढाएका छन्। पछिल्लो मत परिणाम अनुसार भट्ट लेखकभन्दा १ सय ७८ मतले अगाडि छन् ।
निर्वाचन कार्यालयले दिएको पछिल्लो विवरण अनुसार एमालेका भट्टरले २३ हजार ७ सय १६ मत पाएका छन् भने कांग्रेसका लेखकले २३ हजार ५ सय ३८ मत पाएका छन्। कञ्चनपुर ३ मा कुल ८७ हजार १ सय ८२ मतदाता भए पनि ५६ हजार ७ सय ३० मात्र मत खसेको छ। अब करिब पाँच हजार मत मात्र गणना गर्न बाँकी छ।
अझै भिमदत्त नगरपालिकाका १२, १३, १४ र १६ वडाको मतगणना गर्न बाँकी छ। यी चार वडामा समेत मिश्रित मत आउने देखिन्छ।