विवादपछि सर्लाही ४ को मतगणना अवरुद्ध : झडपमा दुई घाइते

विवादपछि सर्लाही ४ को मतगणना अवरुद्ध : झडपमा दुई घाइते

सर्लाही : पार्टी प्रतिनिधिबीचको विवाद झडपमा परिणत हुँदा सर्लाही क्षेत्र नम्बर ४ को मतगणना अवरुद्ध भएको छ। एउटा मत पेटिएका सात सिल हुनुपर्ने भए पनि पाँच वटा मात्र भेटिएपछि विवाद भएको हो।

कांग्रेस र राजपाका प्रतिनिधिबीच भएको विवाद कार्यकर्तासम्म पुग्दा सामान्य विवाद झडपमा परिणात भएको हो। विवादपछि मतगणना भइरहेको स्थल सर्लाही क्याम्पस अगाडि कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।

झडपमा परी ३५ वर्षीय कपलेश्वर मण्डल र करिब ५० वर्षीय सुरेन्द्र सिंहको टाउँकोमा गम्भीर चोट लागेको छ। झडप उग्र बन्दै गएपछि प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। अहिले झडपको अवस्था सामान्य भए पनि मतगणना भने सुरु हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.