काभ्रेको ६ वटै सिट वामको कब्जामा

काभ्रेको ६ वटै सिट वामको कब्जामा

बनेपा : प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि काभ्रेका ६ ओटै सिट वाम गठबन्दनका उम्मेदवारले विजयी हाँसिल गरेका छन्। सोमबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार ६ ओटै सिटमा वाम गठबन्धन उम्मेदवार विजयी बनेका हुन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता गंगाबहादुर दोङ्ले ४३ हजार ६ सय ३१ मत ल्याएर विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तीर्थ लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका छन्। बमध्वज ४ हजार २६ मत बढी ल्याएर विजय हाँसिल गरेका छन्।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश क मा वाम गठबन्धनका उम्मेदवार रत्न ढकाल भारी मतका साथ विजयी भएका छन्। ढकालले २५ हजार १ सय ६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सिवी लामाले १७ हजार ८ सय ५५ मत ल्याएका छन्। ढकालले लामाको भन्दा ७ हजार २ सय ५१ बढी मत ल्याएर विजयी भएका छन्। प्रदेश २ मा वाम गठबन्धनका उम्मेदवार चन्द्र लामाले २४ हजार ४ सय ४७ मत ल्याएर विजय भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गणेश लामाले २० हजार २ सय ७० मत ल्याएका छन्। चन्द्रले गणेशको भन्दा ४ हजार १ सय ७७ बढी मत प्राप्त गरेका छन्।

काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका केन्द्रीय स्कुल विभागका प्रमुख गोकुल बाँस्कोटा ५४ हजार ४ सय २७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति मधु आचार्यले ३६ हजार ५ सय ७९ ल्याएका छन्। आचार्य भन्दा बास्कोटाले १७ हजार ८ सय ४८ मत बढी प्राप्त गरेको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकरी दिए। प्रदेश सभा (क) मा एमाले नेता लक्ष्मण लम्साल २७ हजार ६ सय २१ मत प्राप्त गरी विजय भएका छन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुन्दरमणी आचार्यले १६ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्। आचार्यको भन्दा लम्सालले ११ हजार ३ सय ३२ बढी मत ल्याएका छन्। प्रदेशमा (ख) मा एमालेका उम्मेदवार बसुन्धरा हुमागाई भारी मतका साथ विजयी भएका छन्। हुमगाईले २८ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता एवम पूर्व राज्यमन्त्री कन्चनचन्द्र बादेको भन्दा ६ हजार ८ सय ९७ बढी मत ल्याएर विजय हाँसिल गरेका छन्। बादेले २१ हजार ७ सय ८० मत प्राप्त गरेका छन्। प्रतिनिधसभा २ मा ९९ हजार ३ सय २८ मत खसेकोमा ४ हजार ९९ मत वदर भएको निर्वाचन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.