सिन्धुलीका ६ वटै सिटमा वाम गठबन्धन विजयी

सिन्धुलीका ६ वटै सिटमा वाम गठबन्धन विजयी

सिन्धुली : मंसिर २१ गते सम्पन्न दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट सिन्धुली जिल्लाका ६ वटै सिटमा वाम गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन्।

सिन्धुलीको प्रतिनिधिसभा १ बाट वाम गठबन्धनका तर्फबाट एमालेका गणेशकुमार पहाडी र प्रतिनिधिसभा २ मा माओवादी केन्द्रका हरिबोलप्रसाद गजुरेल भारी मतले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएकाे छ । 

पहाडीले नेपाली कांग्रेसका प्रेमचन्द्र दाहाललाई पछि पार्दै ३२ हजार ५ सय २९ मतका साथ विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी दाहालले २२ हजार ३ सय ८९ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुण्यश्वरप्रसाद उपाध्ययाले जानकारी दिए।

उता प्रतिनिधिसभा २ मा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा पूर्व मन्त्री हरिबोलप्रसाद गजुरेल ३० हजार १ सय ७९ मतका साथ विजयी भएका छन्। ‘उनले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नरेन्द्रजंग थापालाई १२ हजार ५२ मत अन्तरले पराजित गरेका हुन्। थापाले १८ हजार १ सय २७ मत प्राप्त गरेका छन्।

पूर्व कृषि मन्त्री तथा संविधानसभाका संसद तथा सभासद गजुरेल र पहाडी जिल्लामा दोस्रो पटक जनताबाट अनुमोदीत भएका हुन्। दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेबाट निर्वाचित पहाडी र क्षेत्र नम्बर तीनबाट माओवादी केन्द्रबाट निर्वाचित गजुरेल संघीय निर्वाचनमा पुनः मतदाताबाट भारी मत अन्तरले दोस्रो पटक अनुमोदीत भएका हुन्।

निर्वाचनमा पराजीत केपाली कांग्रेसका दाहाल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा कानुन व्यावसायी हुन् भने थापा पूर्व जिल्ला विकास समिति सभापति हुन्। कुल १ लाख ८१ हजार ५ सय १८ मतदाता रहेको जिल्लामा १ लाख १५ हजार २ सय ९२ मत खसेको थियो।

उता चारवटा प्रदेशसभा रहेको सिन्धुली जिल्लामा सबै सिट वाम गठबन्धनकै उमेदवारले जित हात पारेका छन्। प्रदेशसभा १ (क)बाट वाम गठबन्धनतर्फका माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन) विजयी भएका छन्। दाहालले १६५२४ मत ल्याई विजयी भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गंगा गिरीले ११हजार ००९मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।।

प्रदेश सभा (ख)बाट पनि वाम गठबन्धनका तर्फबाट एमालेका प्रदिपकुमार कटवाल विजयी भएका छन्। कटवाल १६ हजार ६ सय १२ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका श्याम घिमिरेलाई ११ हजार ९ सय ५५ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत पुण्यश्वरप्रसाद उपाध्यायले जानकारी दिए। कटवाल नेकपा एमाले सिन्धुलीका जिल्ला अध्यक्ष हुन भने घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्।

प्रदेशसभा २ को (क)मा पनि वाम गठबन्धनबाट एमालेका विनोदकुमार खड्का विजयी भएका छन्। खड्काले १७ हजार ३ सय ६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मनिक ढकालले ९ हजार ८ सय ५८ मत मात्र प्राप्त गरेका थिए।

यस्तै प्रदेशसभा २ (ख)बाट वाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रकै बुद्धिमान माझी (वसन्त) विजयी भएका छन्।। माझीले १३ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका क्षेत्र बम्जनले ८ हजार ५सय २३ मत पाएका छन्।

जिल्लाका ६ वटै सिटमा वाम गठबन्धनका उमेदवारले जितेपछि सोमबार सिन्धुलीमाढीमा भव्य विजयी जुलुस प्रदर्शन गरिएको छ। नाचगानसहित नेता कार्यकर्ताको जुलुसले बजार परिक्रमा गरेको थियो।

जिल्लामा नेपाली कांग्रेसले सबै सिटमा पराजय भोग्नु परेको छ। २०५४ साल पछि २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा तीनमध्ये एक सिट जितेको कांग्रेसले यस पटकको निर्वाचनमा भने प्रतिनिधि र प्रदेशसभाको सबै सिटमा हार व्यहोरेको हो। आफु विजयी भएपछि गजुरेल र पहाडी दुवैले सिन्धुलीको समग्र विकासका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रतिक्रिया दिएका छन्।

विजेता दुवै नेताले विकास निर्माणका साथै मतदाताको समस्यालाई सहजरुपमा सम्बोधन गर्नुका साथै दुवै पार्टीलाई एकिकरण गर्नुका सार्थै शान्ति र संविधान कार्यान्वयनका लागि आफ्नो भुमिका कमजोर नहुने बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.