स्वाधीनता रक्षार्थ सदन र सडक संघर्ष : सुवाल

स्वाधीनता रक्षार्थ सदन र सडक संघर्ष : सुवाल

भक्तपुर : भक्तपुर निर्वाचन १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले देशको स्वाधीनता र स्वतन्त्रता रक्षाको लागि सदनमा संघर्ष गर्ने बताएका छन् ।उनले सदनबाट मात्रै देशको स्वाधीनता र स्वतन्त्रता रक्षा नभए सडकमै ओर्लनेसमेत बताएका छन् ।
भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचित भएपछि सोमबार मत गणनास्थल खरिपाटीमा गरिएको मतदाताहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा उनले जनताले विश्वाससाथ दिएको मतलाई शिरोधार्य गर्दै काम गर्ने वचन दिए ।


‘हाम्रो जीत भक्तपुरका जनताको जीत हो, जनताले विश्वाससाथ दिएको मतलाई शिरोधार्य गर्दै काम गर्नेर्छौं’, नवनिर्वाचित उम्मेदवार सुवालले भने, ‘देशको स्वाधीनता र स्वतन्त्रता रक्षाको लागि हामी सदनमा संघर्ष गर्नेछौं । सदनबाट नभएर सडक संघर्षसम्म उत्रन्छौं ।’

नेता सुवालले देशमै पर्याप्त रोजगारी सिर्जना गरी युवाहरुलाई विदेसिन नदिने नीति निर्माण गर्न आफूहरुले संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै भक्तपुर क्षेत्र नं १ प्रदेश ‘ख’ मा विजयी नेमकिपाका उम्मेदवार सुरेन्द्रराज गोसाईंले पार्टीको घोषणापत्रअनुसार निःशुल्क शिक्षा र स्वास्थ्यसँगै योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्ने नीतिको लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।

करिब दोब्बर मतले सुवाल विजयी


भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका उम्मेदवार सुवाल प्रतिद्वन्द्वीभन्दा करिब दोब्बर मतसहित विजयी भएका हुन् । उनले ३३ हजार ७६ मत ल्याएर जीत दर्ता गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ मत ल्याए ।
भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभामा जीत हात पारेको वाम गठबन्धनले क्षेत्र नं १ मा तेस्रो स्थानमै चित्त बुझाउन प¥यो । वाम गठबन्धनका लागि माओवादी केन्द्रका मिलन सुवालले १५ हजार तीन सय ७४ मत पाए ।
भक्तपुर क्षेत्र नं १ मा कूल ९४ हजार एकसय ६४ मतदातामध्ये ७६.८१ प्रतिशत अर्थात ७२ हजार एकसय ६८ मत खसेको थियो । ७० हजार चार सय ६५ मत सदर हुँदा एक हजार सातसय तीन मत बदर भएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिए ।

प्रदेश ‘क’ मा वाम विजयी


त्यस्तै क्षेत्र नं १ को प्रदेश ‘क’ मा भने वाम गठबन्धनका लागि एमालेका हरिशरण लामिछानेले जीतको झण्डा गाडेका छन् । उनले १२ हजार सात सय ८९ मत ल्याएर विजयी भएका हुन् ।
लामिछानेले वाम गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएका थिए । पछि नेकपा एमाले र माओवादी केन्द्रले केन्द्रीय तहमै सहमति गरेर लामिछानेको उम्मेदवारीलाई गठबन्धनको आधिकारिक उम्मेदवारीको मान्यता दिइएको थियो ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौ सय ७७ मत ल्याए । त्यस्तै सात हजार १९ मत ल्याएर नेमकिपाका निरज लवजू तेस्रो स्थानमै सीमित रहे ।
यस प्रदेशमा कूल ४३ हजार पाँच सय ५२ मतदाता थिए । जसमध्ये ७५.२५ प्रतिशत अर्थात ३२ हजार आठ सय ३८ मत खसेको थियो ।

प्रदेश ‘ख’ मा भारी मतले नेमकिपाका गोसाई विजयी
यसै क्षेत्रको प्रदेश ‘ख’ मा भने नेमकिपाका उम्मेदवार सुरेन्द्रराज गोसाई भारी मतले विजयी भए । स्थानीय तह निर्वाचनमा नेमकिपाले क्लिन स्वीप गरेको भक्तपुर नगरपालिकाको वडा नं १ देखि ९ सम्मका वडाका मतदाताले मतदान गरेको यस प्रदेशमा विजयी गोसाईंले २३ हजार आठ सय ८५ मत ल्याए ।
उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवार रोमन शिलाकार आठ हजार ६३ मतमा समेटिए । स्थानीय तह निर्वाचनमा दोस्रो भएको कांग्रेसका उम्मेदवार अनिल भुजू भने पाँच हजार चार सय ४७ मतका साथ तेस्रो स्थानमा रहे ।
यस प्रदेशमा ५० हजार ६ सय १२ मतदाता रहेका थिए । यहाँ ७७.३१ प्रतिशत अर्थात ३९ हजार दुई सय ४२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र दुई प्रदेशसभामा भने वाम गठबन्धनको लागि नेकपा एमालेका तीनैजना उम्मेदवारहरु जितिसकेका छन् । यहाँ प्रतिनिधिसभातर्फ महेश बस्नेत र प्रदेश ‘क’ र ‘ख’ मा क्रमशः शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठ विजयी भएका हुन् ।

कांग्रेस शून्य


भक्तपुर क्षेत्र नं १ र २ को अन्तिम परिणामसँग भक्तपुरमा नेपाली कांग्रेसको हातलागी शून्य भएको छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ मा जीत हात पारेको कांग्रेसले यसपटक उक्त क्षेत्रबाट समेत हात धुनुपरेको हो । कांग्रेसले यस क्षेत्रमा पूर्वसभामुख दमननाथ ढुंगानाको उम्मेदवारी दर्ता गरेको थियो तर वाम गठबन्धनका उम्मेदवार पूर्वउद्योगमन्त्री बस्नेतसँग करिब दोब्बर मतले पराजित हुनुप¥यो । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.