पर्वतमा झण्डै चार हजार मत बदर

पर्वतमा झण्डै चार हजार मत बदर

कुश्मा : मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पर्वतमा झण्डै चार हजार मत बदर भएका छन् ।

पहिलो हुनेप्रतिनिधि सभा सदस्य र दोस्रो हुने प्रदेश सभा सदस्यको मतगणनाका क्रममा तीन हजार सात सय सात मत बदर भेटिएका हुन् ।

कुल खसेको मत मध्ये प्रतिनिधि सभा सदस्यमा तीन दशमलब २७ प्रतिशत मत बदर भएको पाइएको छ भने प्रदेश सभा सदस्य पर्वत क्षेत्र नं. १ मा मा १ दशमलब ६ प्रतिशत र प्रदेश नम्वर २ मा दुई दशमलब ६ प्रतिशत मत बदर भएका हुन् । दुवै क्षेत्रमा गरी खसेका ६९ हजार ८ सय ६३ मत मध्ये प्रतिनिधि सभा सदस्यमा २ हजार दुई सय ८१ मत बदर भेटिएका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य पर्वत क्षेत्र नं. १ मा ८ सय २ र क्षेत्र नं. २ मा ६ सय २४ मत बदर भेटिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । प्रतिनिधि सभा सर प्रदेश सभा सदस्यमा गरी उहाँका अनुसार अधिकास भोट बाम गठवन्धनलाई हालिएको मतपत्रमा बदर भएका हुन्

नेकपा एमालेको सुर्य चिन्ह र नेकपा मालेको हँसिया तारामा हालिएका मतहरु बढि मात्रामा बदर देखिएको शर्माले जानकारी दिए । एमाले र माओवादी केन्द्रको चुनाव चिह्न ठानेर मतदाताले दुई ठाउँमै छाप लगाउँदा मत बदर हुन पुगेका हुन् ।

राजनितिक दलहरुले तल्लो तहसम्म पुगेर आफ्ना कार्यकर्तालाई मतदानबारे जानकारी नगराउँदा पनि बढि मत बदर भएको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.