पूर्व राज्यमन्त्री सिंहलाई पूर्व राज्यमन्त्री यादवले हराए

पूर्व राज्यमन्त्री सिंहलाई पूर्व राज्यमन्त्री यादवले हराए

 

सिरहा : पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेशचन्द्र दास यादव सिरहा प्रतिनिधिसभा क्षेत्र २ बाट निर्वाचित भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका यादवले संघीय समाजवादी फोरमका उम्मेदवार तथा पूर्व पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शत्रुधन प्रसाद सिंहलाई पराजित गरेका हुन् ।

निर्वाचित यादवले २० हजार १४८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी फोरमका सिंहले १७ हजार २६० मत प्राप्त गरे । साथै यही क्षेत्रबाट चुनावमा उठेका पूर्व सांसद तथा कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव तेस्रो स्थानमै सीमित भएका छन् भएका छन् ।

क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिक भएसँगै प्रत्यक्षतर्फ मतगणना सकिएको छ । चार प्रतिनिधिसभा क्षेत्र रहेको सिरहा १ मा काँग्रेस नेता प्रदिप गिरी, ३ मा एमालेका केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठ, ४ मा राजपा अध्यक्ष मण्डलका सदस्य तथा पूर्व सञ्चारमन्त्री राजकिशोर यादव निर्वाचित भएका छन् ।

आठ प्रदेशसभा क्षेत्र रहेकोमा ६ क्षेत्रमा वाम गठबन्धनले कब्जा जमाउन सफल भएको छ भने एक÷एक क्षेत्र राजपा र फोरमले जित मात्र हात पार्न सकेको छ । काँग्रेसले प्रदेशसभाको एउटा पनि सिट जित्न सकेन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.