विजयकुमार र भगवतीको कडा प्रतिस्पर्धाः १५५ मतले गच्छदार पछाडि

विजयकुमार र भगवतीको कडा प्रतिस्पर्धाः १५५ मतले गच्छदार पछाडि

इटहरी : सुनसरी क्षेत्र नम्बर ३ को मत परिणामलाई लिएर चौतर्फी चासो बढेको छ। क्षेत्र ३ का मतदाता, कार्यकर्ता र उम्मेदवारमा सबैभन्दा धेरै उत्सुकता छ। लामो समय सत्तामा रहेका र अहिले पनि उपप्रधानमन्त्री रहेका विजयकुमार गच्छदारले चुनाव हार्छन् कि जित्छन् ? चिया पसलदेखि सानाठूला सबै छलफलमा यो प्रश्न सुनिन्छ। गच्छदार चुनाव जसरी पनि जित्ने दाउमा छन्।

सत्ताको लागि दल खोल्दै, जोड्दै र जोसुकैसँग कार्यगत एकता गर्दै हिड्ने गच्छदारले सहजै हार स्वीकार नगर्ने अनुमान समेत धेरैले गर्न थालेका छन्। गच्छदार आफूलाई हारपछिको गच्छदारका रुपमा सोच्नै सक्दैनन्। मतदान गरेलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू १४ हजार मत अन्तरले विजयी हुने दाबी गरेका थिए।

अर्कोतिर उनकी प्रतिस्पर्धी एमालेकी भगवती चौधरी गच्छदारले बुथ क्याप्चर गर्लान् कि भनेर सधैं शंका गर्दै आएकी छिन्। त्यसैले मतदानदेखि मतगणना सुरु हुँदासम्म उनले नेपाली सेनासहितको कडा सुरक्षा माग गरेकी थिइन्।

चलखेलको शंका
मतगणनालाई गच्छदारले प्रभावित पार्नेमा चौधरीलाई ठूलै शंका लागेको छ। इनरुवामा गच्छदारले निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरीलगायतलाई राखेर होटलमा छलफल गरेको समेत सूचना आएको उनले बताइन्। ‘छलफल लगत्तै मेरो मतान्तर घट्न थाल्यो,’ उनले भनिन्, ‘मिटिङ सक्सेस भएन भन्ने कुरा पनि आएको छ, हेरौं।’

शनिबार दुई हजार बढी मतले अग्रता गरेकी चौधरीको अग्रता सोमबार बिहानसम्म आइपुग्दा डेढ सय हाराहारीमा खुम्चेको छ। चौधरीले २९ हजार ३ सय २६ मत ल्याउँदा गच्छदारको मत २९ हजार १ सय ७१ छ।

संविधानसभा चुनावमा पनि उनी तीन सय मतले पराजित भएकी थिइन्। ‘त्यती खेर पनी जालझेल गरेर प्रहरी लगाएर हराइएको थियो,’ उनले भनिन्। यतिखेर पनि गच्छदारले सुनसरीमा आफ्नो अनुकुलका प्रहरी प्रमुख चुनावकै लागि ल्याएको एमाले वृत्तमा चर्चा छ।

ओलीकै अघि गुनासो
चुनावअघिको सभामा एमाले अध्यक्ष केपी ओलीकै अघि चौधरीले आफूलाई जबरजस्ती हराउने धम्की आएको बताएकी थिइन्। चौधरीपछि बोलेका ओलीले हराउने खेलमा प्रहरी लागे राम्रो नहुने चेतावनी दिएका थिए। उनले गच्छदारलाई ‘डेट एक्सपायर’ भइसकेको मान्छेको संज्ञा दिँदै चुनवी प्रक्रियामा तटस्थ बस्न प्रहरीलाई भनेका थिए।

अहिलेसम्मको मत परिणाममा चौधरीको अग्रता छ। यस बीचमा गच्छदारको खास प्रभाव रहेको क्षेत्रको मतगणना सकिएको बताइन्छ। अब बाँकी तनमुनालगायतका केही दक्षिणवर्ती क्षेत्रमा गच्छदारको प्रभावले मतपरिणाम निर्भर हुनेछ। त्यसमाथि पनि इटहरीका वडाको मतगणना बाँकी नै छ। इटहरीमा कांग्रेसभन्दा तुलनात्मक रुपमा एमालेको मत र प्रभाव राम्रो छ।

पैसा र अर्धकट्टीसहितको मतपत्र भेटिएको भन्दै अहिले मतगणना स्थगित भएको छ । भगवतीले बदर मतलाई समेत सदर गरिएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरेकी छिन् । सँगै एमाले उम्मेदवार भगवतीले निर्वाचन अधिकृत समेत परिवर्तन गर्नुपर्ने माग गरेकी छिन्। क्षेत्र ३ मा सोमबार दिउँसोदेखि मतगणना रोकिएको छ । मतगणना पुनः गर्ने विषयमा छलफल भए पनि सहमति भने भएको छैन।

सुनसरी ३ मा मतगणना रोकियोः चौधरी र गच्छदारको कडा प्रतिस्पर्धासुनसरी ३ मा मतगणना रोकियोः चौधरी र गच्छदारको कडा प्रतिस्पर्धा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.