पर्सामा मधेसी गठबन्धनको वर्चस्व

पर्सामा मधेसी गठबन्धनको वर्चस्व

वीरगन्ज : कांग्रेस र एमालेको पकड क्षेत्र मानिँदै आएको पर्सामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वचनमा भने तराई–मधेसकेन्द्रित दलको वर्चस्व देखिएको छ। यो जिल्लामा २०४७ देखि २०७० सालसम्म भएका निर्वाचनमा कांग्रेस र एमालेले जित्दै आएका थिए। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने प्रदेशसभाका दुईबाहेक बाँकी १० क्षेत्रमा मधेसी दलको गठबन्धनले जित हात पारेको छ।

प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ आठ क्षेत्र गरी १२ सिटकै सोमबार मतपरिणाम आइसकेको छ। अन्तिम मतपरिणामअनुसार १० सिटमा संघीय समाजवादी फोरम र राजपा गठबन्धनले जित हात पारेको हो। कांग्रेसले प्रदेशसभाका दुई क्षेत्रमा जितेको छ। एमाले भने पर्सामा शून्य अवस्थामा देखिएको छ।

कांग्रेसका अजय चौरसिया, सुरेन्द्र चौधरी, रमेश रिजाल, एमालेका जयप्रकाश थारू, नागेन्द्र चौधरी, रामचन्द्र साह तेली, विचारी यादव र राजकुमार गुप्ता अनि माओवादी केन्द्रकी उर्मिला अर्याललाई मधेसी दलका उम्मेदवारले पराजित गरेका हुन्।

प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नम्बर १, २ र ३ मा संघीय समाजवादी फोरम अनि ४ मा राजपा उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १ मा फोरमका प्रदीप यादव २१ हजार एक सय ३२ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका अनिल रुंगटालाई चार हजार ६ सय ५१ मतान्तरले पराजित गरेका हुन्। रुंगटाले १६ हजार चार सय ८१ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा वाम गठबन्धनका उम्मेदवार विचारी यादवले भने पाँच हजार चार सय ८१ मत मात्र पाएका छन्।

क्षेत्र नम्बर २ मा फोरमकै विमल श्रीवास्तव कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाभन्दा एक हजार चार सय ६५ मत बढी ल्याएर विजयी भएका छन्। श्रीवास्तवले २० हजार एक सय ६९ र चौरसियाले १९ हजार सात सय चार मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा माओवादी केन्द्रका सलिम मन्सुरीले पाँच हजार चार सय १८ मत ल्याएका छन्।

क्षेत्र नम्बर ३ मा फोरमबाट हरिनारायण रौनियार निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्र चौधरीलाई एक हजार तीन सय ६५ मतले पछि पार्दै विजयी भएका छन्। रौनियारले १५ हजार एक सय ६६ मत प्राप्त गर्दा चौधरीले १३ हजार आठ सय एक मत ल्याएका छन्। एमालेका राजकुमार गुप्ताले १० हजार नौ सय ८६ मत पाएका छन्।

क्षेत्र नम्बर ४ मा राजपाका लक्ष्मणलाल कर्णले कांग्रेसका रमेश रिजाललाई ६ हजार ३६ मतान्तरले पछि पार्दै जित हात पारेका छन्। कर्णले २० हजार सात सय ३८ मत ल्याउँदा रिजालले १४ हजार सात सय मत प्राप्त गरेका छन्। माओवादी केन्द्रकी उर्मिला अर्यालले नौ हजार ६ सय १७ मत पाएकी छन्।

प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ का दुवै क्षेत्रमा फोरम उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा (१) मा जन्नत अन्सारी कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई एक हजार तीन सय २२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। अन्सारीले आठ हजार पाँच सय ९३ र कुर्मीले सात हजार एक सय ७१ मत ल्याएका छन्। वाम गठबन्धनका रहबर अन्सारीले ६ हजार सात सय ९४ मत प्राप्त गरेका छन्। प्रदेशसभा (२) मा लालबाबु राउत गद्धीले कांग्रेसका विजय सर्राफलाई पराजित गरेका छन्। गद्धीले नौ हजार आठ सय चार र सर्राफले ६ हजार आठ सय २९ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा भने कांग्रेसका राजेश्वरप्रसाद साह तेली १० हजार दुई सय ५९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी फोरमका रामनरेशप्रसाद यादवले १० हजार ७९ मत ल्याएका छन्। प्रदेशसभा (२)मा राजपाका रमेशप्रसाद कुर्मी पटेल कांग्रेसका रामरुप कुर्मीलाई पराजित गर्दै विजयी भएका छन्। पटेलले नौ हजार सात सय ६ र कुर्मीले सात हजार ६ सय ६२ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) मा फोरमका अब्दुल रहिम अन्सारीले कांग्रेस उम्मेदवार चन्द्रकिशोरप्रसाद चौधरीलाई एक सय ५९ मतको अन्तरले पराजित गरेका छन्। अन्सारीले सात हजार चार र चौधरीले ६ हजार आठ सय ४५ मत ल्याएका छन्। एमालेका नागेन्द्रप्रसाद चौधरीको पक्षमा पाँच हजार नौ सय ८६ मत आएको छ। प्रदेशसभातर्फ ३ (२)मा फोरम उम्मेदवार प्रह्लाद गिरीले निकटतम प्रतिस्पर्धी कांग्रेसका जनार्दनसिंह क्षेत्रीलाई ९५ मतको झिनो अन्तरले पराजित गरेका छन्। गिरीले ६ हजार तीन सय ४५ र क्षेत्रीले ६ हजार दुई सय ५० मत ल्याएका छन्।

क्षेत्र नम्बर ४ को प्रदेशसभा (१)मा कांग्रेसका शंकर चौधरीले एमाले उम्मेदवार जयप्रकाश थारूलाई पराजित गरेका छन्। चौधरीले सात हजार चार सय ८८ र थारूले सात हजार ४० मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ४ को प्रदेशसभा (२) मा फोरमका सिंगासन साह कलवार कांग्रेसका वशिष्ठनारायण कुर्मीलाई पराजित गरी निर्वाचित भएका छन्। कलवारले ११ हजार सात सय आठ र कुर्मीले ६ हजार २७ मत पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.